Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सरकार गिर्न सक्छ, भारतको भूमि अतिक्रमण र सगरमाथामा चीनको दावी

जेष्ठ १८, २०७७ २:३३ मा प्रकाशित
सरकार गिर्न सक्छ, भारतको भूमि अतिक्रमण र सगरमाथामा चीनको  दावी
Share on FacebookShare on Twitter

राम कुमार सुबेदी 

 

एम सि सी जस्केलोबाट हैन मूल ढोकाबाट पारित हुनेछ : प्रम ओली 

यो सम्झौता जसरी पनि पास गरिनु पर्छ l र सम्झौतामा एक अक्षर पनि थपघट हुनेछैन:  प्रतिपक्षका नेता देउवा 

  सम्झौता पारित होस् भनेर अमेरिका र भारतले ठूलो लबिंग गर्दै दवाव दिंदैछ l यो पास नगराउन चीनले त्यस्तै लबिंग र दवाव दिंदैछ l चीनको अर्कै चाइना बेल्ट रोडमा नेपाललाई संलग्न गराउने चाहना छ l अमेरिका अहिले कोभिड-१९ पश्चात चीनसगँ अति चिडिएको छ l थप चीनको आर्थिक प्रगति देखि अमेरिकाको मन कुँडिएको छ l अमेरिकालाई अहिले चीन विरुद्ध कुनैपनि राष्ट्र जुन उसको महाशत्रु मुलुक हो त्यसलाई पनि समर्थन गर्नेछ l यो दुबै कुरामा भारत अमेरिकासगँ छ l

अब अर्को बिबाद अहिलेको नेपालको भूमि भारतद्वारा अतिक्रमणमा चीनको नेपाललाई मौन साथ छ जस्तो देखिन्छ l किनकी यदि भारतीय सेना त्यहाँबाट नहटे उसका सामरिक बस्तुहरुको गोपनियता भंग हुने र तिब्बत स्वतन्त्रताको लागि लडेकाहरुलाई नियन्त्रण गर्न नसकिने सोच्दछ l यो नेपालको अतिक्रमित क्षेत्र अमेरिकाका लागि पनि सम्वेदनशील स्थान हो किनकी भारत र अमेरिका मिलेर चीनको सुराकी गर्ने सुगम स्थल बन्न सक्छ l तिब्बतको समस्यालाई ब्युँताई रहने मुद्धा बन्न सक्छ l अत: अमेरिका बोलेको छैन किनकी चीनले नेपाललाई साथ दिएको शंका गर्दैछ अमेरिका l

भूमि अतिक्रमण भएकै दिन चीनले सगरमाथा मेरो भन्यो र केही घण्टामै त्यो दावीलाई हटायो l चीनलाई लाग्यो मैले यसो गरे नेपाल अमेरिका र भारतको पोल्टामा जान्छ l र आफ्नो दाबीबाट पछि सर्यो l नेपाल वा भारतले अहिले यी दुबै मुद्धालाई एकैपटक सतहमा ल्याएका छन् l भारत एम सी सी पास होस् भन्ने चाहन्छ र चीनको पोल्टामा नेपाल नजाओस भन्ने छ l यदि यो पास हुने हो भने भारतले भूमि बिबादबाट हात झिक्ने अनुमान गरिन्छ l भारत सरकारका रक्षा मन्त्री जसले कालापानी सडकको भर्च्युल उद्घाटन गरेका थिए बार्ताबाट सुल्झ्याउन सकिन्छ अहिले भन्न थालेका छन् l

अब अर्को गुजुल्टो यहाँ छ, नेकपाको बिबाद l नेकपामा पूर्व माओबादीहरू एम सि सी सम्झौता पास नहोस् भन्ने चाहन्छ l उसले पूर्व एमालेको सरकार, अझै केपी ओली गुटका प्रखर बिरोधीलाई साथ लिएको छ l एम सी सीको प्रचन्ड विरोध गर्नेहरु यो समूह, सीमा बिबादमा धेरै चर्को विरोधमा आएका छैनन् l किनकी माओबादीहरुको जनयुद्धमा भारतको साथ र सहयोग रहेको सुनिन्छ l गुनको बदलामा लात्ती नहान्ने अनुमान गरिन्छ l अर्को थप गाँठो, प्रम ओलीलाई पार्टीमा अफ्ठ्यारो परेको र पारेको बेला चीनका राजदूतले प्रम ओलीलाई काँध थापेको पूर्व माओबादी, माधव नेपाल र झलनाथ खनाललाई पटक्कै चित्त बुझेको छैन l त्यसको बदला लिन पनि प्रम ओलीलाई सिमा बिबादमा प्रचन्ड, नेपाल र खनालहरुले पूरा सहयोग गरेको देखिन्न l त्यसैगरि एम सी सी मा पनि l कुरो सिमाना भन्दापनि सम्झौताले कठिन बनाउँदैछ l

भूमि भन्दा एम सी सी बढी विवादित हुँदैछ l सीमानाको समस्याको समाधान, एम सी सी सम्झौता पारित हुने हो भने त्यसको केही दिनमै हुनसक्छ l तर थरको अन्तिममा ”ल” आउने यी “चार ल समूह”दाहाल, नेपाल, खनाल र रावल सरकार ढाल्ने सम्मको स्थितिमा पुगेको देखिन्छ l सम्झौतालाई अति चर्काएर र गलाएर प्रम ओलीलाई कुर्सीबाट फाल्ने योजना भित्री रूपमा बन्दैछ l यसमा भारतको बाह्र खम्बा रोडले श्याम शरणलाई मेरियटमा भि आ ई पी लाउन्ज दिएर राखेको थियो l “चार ल समूह” देउवाका तराईबासी कांग्रेसीहरु, राप्रपाको एक गुट र जसपाहरू सरकार फालिदिन र प्रम ओलीका भित्रिया र भारतका नगिचियाहरु जोगाई देऊ भन्दै शरणका सामू शरण परेको समाचार व्याप्त छ l

अहिले भारतका न्युज हैन यूज च्यानलहरुमा भूमि बिबाद र सीमानाका समाचार साह्रै थोरै आउन थालेका छन् l बरू केपी ओलीको सरकार बर्खास्त हुने समाचार दिन थालेका छन् l सरकार ढाल्ने ढालको रूपमा सिमाना हैन एम सी सी सम्झौतालाई लिंदैछ l यदि सम्झौता पारित गर्ने हो भने चीनले सगरमाथाको मुद्धामा पछि हटे झै भारत पनि हट्ने देखिन्छ l र केपी ओलीको सरकारलाई सम्झौता पारित गर्न सक्यौ भने तिम्रो शासन टिकाई दिने भनेर मोदीपप खुवाउँदै छ l भारतको भित्री चाहत र उसको चाहतलाई साथ दिए सरकार जोगिने राहत महसुस गरेर ओली सरकारले सरकारको नीति तथा कार्यक्रममा जस्केलाबाट छिरायो र छिड्किनीबाट पारित पनि गरिसक्यो l अझै बजेटमै रकम समेत राखिसक्यो र बजेटमा परे र पारेपछि ”चार ल समूह” चर्किए प्रम ओलीले बजेटमा राखेपनि रकम र काम कार्यान्वयन नगर्ने भन्दै यी ल समूहलाई उधारो चास्नीमा डुबाई दिए l

राष्ट्रपतिको नीति, कार्यक्रम र सरकारको बजेट संसदले पारित गरिसकेपछि लागू नहुने, कुन मूर्खले पत्याउला तर रावलले पत्याई सके l अब बजेट पारित भएपछि एम सी  सी सरकारको काम एक अंग बनिसकेको छ र  एम सी सी पास गर्नु पर्ने नैतिक दायित्व पनि संसद र सांसदको हुनेछ त्यही बुझेर ओली सरकारले जस्केलाबाट छिराएको थियो जुन चार ल समूहले भेऊ नै पाएनन् l बजेटमा परे पनि नीति कार्यक्रम पास भएरपनि बिनियोजित रकम सम्झौतामा खर्च भएन वा काम भएन भने के होला? वा सम्झौता सँसदमा पेश भएन वा पेश भएर पनि पास भएन भने बुझे हुन्छ चार ल समूहका प्रचन्डलाई पार्टी बिभाजन गराएर देउवाको समर्थनमा दाहाल नेपालको सरकार भारतले बनाउने छ l यसको लागि भारतले संबिधान संशोधन बिधेयकलाई रोक्ने प्रयास गरिसकेको छ l सम्विधान संशोधन विधेयक रोकियोस् भन्नका लागि भारतको दवावमा जसपाको एक गुटले संशोधन बिधेयकमा थप संशोधन गराउने अर्को विधेयक दर्ता गर्ने असफल प्रयास समेत गरिसकेको छ l

फेरि भारतले अर्को खिचलो निकाल्न थालिसकेको छ त्यसको शुरुवात तराईका बिभिन्न स्थानमा निर्माण कार्यलाई निरन्तरता दिने वा उसका सरकारी कर्मचारीलाई नेपालभित्र छिरेर बिबिध काम कारवाही गर्ने कामको संकेत देखाई सकेको छ l सम्झौता पनि पारित नहुने र ओली सिमानामा पनि गलेनन् भने भारत, बाह्रखम्बा, लैनचोर र मेरियटबाट ओलीलाई झोलीतुम्बा बोकाउने प्रयास गर्दैछ त्यसको लागि यसबेला उसलाई अमेरिकाको पनि हात, साथ, बात, कन्धा चाहिएको छ र केही दिन अघि मोदी र ट्रम्पबीचमा समसामयिक राजनीतिक, कोरोना र द्वीपक्षीय र क्षेत्रीय बिषयमा कुराकानी भएको संचार माध्यममा आएका थिए र ट्रम्पले पनि भारत र चीनबीचको सिमाना बिबादमा मध्यस्था गर्ने विचार व्यक्त गरेका थिए तर नेपाल भारतको सीमना बिबादमा उनी बोलेनन् जसको मतलव भारत नेपालसगँको विवादमा अमेरिका नआओस् भन्ने भारत आफ्नो मनसायमा सफल भएको अनुमान गरिन्छ l

सरकार आफ्नै कारणले ढल्ने वा अर्काले ढाल्ने प्रम ओलीले संकेत पाईसकेका छन् l प्रम ओलीको अहंकार,अल्छिपन र अनियमितताका कारणबाट जनता आजित भैसकेका छन् l तर सत्तामोह वा लिप्साका कारण उनी सरकार जोगाउनका लागि सम्झौता पारित गर्ने तीब्र प्रयासमा छन् l त्यसका लागि आफ्ना दलका बिरोधीहरुलाई फकाउने, फुल्याउने र चटाउने वा तर्साउने दुबै काम एकैपटक गर्दैछन् l यतिगर्दा पनि विरोधी गलेनन् भने अदालतले पछि व्याख्या जे गर्ला मध्यावधि राष्ट्रपतिबाट घोषणा गराउने ध्वाँस दिनेछन् l यदि दलभितर विरोधी वा दल ईतर विरोधी माने र सम्झौता पारित भयो भने सम्झौताको पोको उपहार लिएर उनी बाह्रखम्बा रोड जानेछन् जसको संकेत उनले केही दिन अघि भनेका थिएँ, “मैले सीमाना विवादको कारणले भारतको भ्रमण गर्दिन भनेको छैन l”

अब यहाँ उनलाई अर्को समस्या छ सरकार ढाल्ने भारततिर ढल्किनदा सरकार जोगाउने चीन कति ठुस्किएला भन्ने त्रास र पीर l झापाली हुन प्रम ओली धान जोख्ने ठाउँका उनलाई पूर्ण ज्ञान छ तराजुबारे l अत: उनी जोख्दैछन् भारत गहकिलो कि चीन? चीन लचिलो कि भारत पोटिलो? उनको तराजुमा चीनसगँ रहँदा सत्ता जोगिन्छ कि भारतसगँ टाँसिंदा गरुंगो हुने हो भनेर तौलिरहेका छन् l अहिले काँग्रेसलाई पनि सरकारको चावी लिन ध्यान छ, सरकार ढाल्न मन छ, मनले हुँदैन माननीय छैनन l चावी दिल्लीदरवारसगँ छ l चाबी काम लागिरहेको छैन l उसलाई अर्को अफ्ठ्यारो के छ भने आफूले नरूचाएको र ढाल्न चाहेको सरकारले एम सी सी पारित गर्ने भन्दैछ र औडा पनि चलेको छ र अर्कोतर्फ जसलाई सरकारको चाबी दिन चाएको छ त्यो ल समूह सम्झौता पारित गर्ने पक्षमा छैन l

अत काँग्रेस सरकारको चाबी लिएर सिमाना, सम्झौता सबै पास गर्ने मुडमा छ त्यसो गर्दा भारत पनि खुशी अमेरिका पनि राजी l भूमि अतिक्रमण समस्या काँग्रेस चार ल समूहलाई भालुको कन्पट भएको छ l नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छा बाहुको अनुहार जस्तै l अझै काँग्रेसलाई त आकाशको फल आँखा तरी मर l अझ काँग्रेसलाई त भारतको विरोध गरूँ, सत्ताको चाबी सधैं उसको हातमा, नगरूँ जनताको मतले कँग्रेस आई हुने डर l पूर्व माओबादीलाई त अझै जंगल जानु पर्ने भय वा अन्तरराष्ट्रिय अदालतमा उभिनु पर्ने त्रास छ l

सीमा र सम्झौता समस्या अल्झिन्दै गए, बल्झिन्दै बढे जनताको मौखिक आक्रोश उग्र आन्दोलनमा परिणत भए सेना प्रमुखले ”अहिले बोल्ने बेला भएको छैन l” भनेका छन् कुनैबेला नबोली सत्ता शासन केही समय आफूले लिएर जनताका आक्रोश र आन्दोलन मत्थर भएपछि जनताको विरासत जनतालाई नै फर्काउने छन् त्यसबेला राजनैतिक दलहरुको खिचातानी, सत्ताधारीदलमा देखिएको बिबाद, बिभाजन, जनचाहना अनुरुप काम नभएको, कोरोना संक्रमण  समाधानमा सरकार असफल, सीमा, सम्झौताको अन्त्यहीन विवाद र अनियमित र भ्रस्टाचार चरम देखिएको कारण शासन सेनाले लिए धेरै नेपाली जनताले समर्थन गर्ने वा विरोध नगर्न पनि सक्ने देखिन्छ l

अझै पूर्व राजाको देश भ्रमण र जनताले उनलाई गरेको स्वस्फूर्त स्वागतको कारण गणतन्त्र र संघीयताबाट जनता निरास हुनु हो र पूर्व राजाले यसको मौकाको फाईदा उठाउन पनि सक्नेछन् उनको क्षमता र जनताका जनमत पूर्व राजालाई दिएको सवारी पास रद्ध गरेर भोलिपल्ट नै बहाली गरेकोबाट पनि देख्न सकिन्छ l नेपालको राजनीतिमा जनताका समस्या र जन चाहना सम्बोधन र समाधान गरेर सफल अन्त्य होईँदैन l सत्तामा टिकिरहने वा सत्ताबाट हटाउनेमा सकिन्छ l र यी सीमाना र सम्झौताको विवादको अन्त्य पनि त्यसरी नै हुने देखिन्छ l चीनलाई पनि नचिड्याउने र भारतलाई पनि रिझाउने कुनै उपाय खोजिन्छ सरकारबाट र यि कुरामा प्रम ओली सफल भए भने उनको सत्ता जोगिन्छ र उनी सफल भएनन् भने उनकै दलभित्रका दल बाहिरका विरोधीबाट सत्ता जोगाउन सामना गर्न सक्नु पर्ने हुनसक्छ र त्यसबेला छिमेकीको साथ काँग्रेस, चार ल समूह र जसपा एक हुन गै सरकार गिर्न पनि सक्छ l

राजनीतिमा मध्यमार्गी, गिभ एन्ड टेक र विन विन को रणनीतिलाई सधैं अख्तियार गरिन्छ l भारतसगँ नेपालको भूमि आफ्नो हो भन्ने प्रमाण छैन र भारतका अरु सबै छिमेकीसगैँ सम्बन्ध बिग्रेको र नेपालसगँ पनि बिग्रे उसको अन्तरराष्ट्रिय छवि धुमिल हुने र लाखौं भारतीयहरु नेपालमा रोजिरोटीका लागि रहेकाले उनीहरुलाई नेपाल र नेपालीहरुले हेर्ने दृष्‍टिकोणमा ध्यान जानेछ त्यसरी नै नेपाललाई भारतको सेना लामो समयदेखि त्यहाँ रहेको र भारतले सडक निर्माण गरिसकेकोले सडक भत्काउने काम गोठ भत्काए जस्तो हैन र भारतसगँ नेपालको सम्बन्ध परापूर्व कालदेखि अन्य देशको भन्दा छुट्टै चरित्रको रहेकोले बिगारिहाल्न मन पनि छैन l

र एक भूपरिवेश्ठित मुलुक भएको र नेपालको आयात र निर्यात र सहयोगमा भारतसगँ अरू मुलुकभन्दा उच्च रहेको र बिसौँ लाख नेपाली र नेपाली मुलका भारतीयहरू नेपालीहरु भारतमा रहेकाले उनीहरुलाई हेर्ने भारतको दृष्‍टिकोणमा समेत प्रभाव पर्ने भएकोले ओली सरकार र मोदी सरकारले माथिका तीन रणनीतिलाई अख्तियार गरी समाधान निकाल्ने पनि सम्भावना छ l तर यी दुई मुद्धाले भारतीय राजनीतिलाई भन्दा नेपालको राजनीतिलाई तरंगित र अति अफ्ठ्यारो स्थितिमा पुर्याएको छ l किनकी नेपालको राजनीतिको पानी धमिलो बनाउने र धमिलो पानीमा खेल्ने बानी रहेको छ धमिलो पानीलाई संग्लो पार्ने वा नेपालको राजनीति उल्टो दिशाबाट घुम्ने गर्छ र सुल्टो दिशामा घुमाउने राजनीतिज्ञ र सत्तामा बसेकाले कहिल्यै गर्दैनन् l

(सुबेदी एनआरएनए अमेरिकाका निबर्तमान उपाध्यक्ष हुनुहुन्छ ।)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result