काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुशासन कायम गर्नका लागि भ्रष्टाचार अन्त्य गर्नैपर्ने बताएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले शुक्रबार पार्टीका पोलिटब्युरो सदस्य देवशङ्कर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक विमोचन गर्न आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
समाज भ्रष्टीकरणमा फस्दै गएपछि जनतामा आएको निराशाले राजनीतिक व्यवस्थाप्रति खतरा रहेको बताउँदै उनले उनीहरूको विश्वास र भरोसालाई कायम राख्न समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-