Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बाबुरामको कामी बन्ने रहर !

जेष्ठ १९, २०७७ ९:०८ मा प्रकाशित
बजेटमा प्राथमिकता तोक्नुपर्छ : डा भट्टराई
Share on FacebookShare on Twitter

पूर्व माओवादी तथा आजका समाजवादी दलका नेता बाबुराम भट्टराईले छुवाछुतको विभेदकारी अवस्थाबाट नेपाली समाजलाई मुक्त गर्ने सजिलो उपायका रूपमा आइन्दा कथित उच्च जातका सबैले कामी थर लेख्न सुझाव दिंदै आफूले पनि आफ्नो नामथर बाबुराम भट्टराईको सट्टा बाबुराम कामी लेख्ने घोषणा गरेका छन् ।

हरि अधिकारी

झट्ट सुन्दा पढाकु नेता भट्टराईको यो सुझाव गज्जब जस्तो लाग्छ तर गहिरिएर हेर्दा योभन्दा वाहियात प्रस्ताव अर्को कुनै हुनसक्दैन भन्ने ठहरमा पुगिन्छ । किनभने:

 

 

१. नेपालमा कथित दलित वर्गको उत्थान हुन नसकेको उनीहरूको नामथर के लेखिन्छ त्यसका कारणले होइन । उनीहरूको जीवनस्तर माथि उठाउन उनीहरूलाई आवश्यक पर्ने शिक्षा, शिप, रोजगारी, आत्मनिर्भरता र आत्मविश्वास दिन नसकेका कारणले हो ।

 

 

२. नामथरबाटै विभेदको रङ्ग मेटिदिदा दलित र गैरदलित समुदायका बीच शदियौँदेखि चल्दै आएको उच्चता र निम्नताको द्वन्द्व मेटिन्छ भन्ने हो भने पनि कथित तल्लो जातका जति जातवाचक नाम वा थर छन् उनीहरूलाई तिनको सट्टा कथित माथिल्लो जात वाचक नाम वा थर दिनु उपयुक्त हुन्छ । भट्टराई, अधिकारी वा थापालाई कामी थर दिनुको कुनै तुक हुँदैन । त्यसले कथित दलितहरूलाई केही फरक पार्नेछैन ।

 

 

३. हामीकहाँ कथित दलितहरूका पनि अनेकौं जातवाचक नाम वा थर छन् । बाबुरामले कामी थर राख्दैमा ती अनेकौँ थरीका कथित दलितहरूले उच्च जातका बाहुन क्षेत्रीहरू आफू बराबर हुन आएको मान्न सक्दैनन् ।

 

 

४. अहिले हामीकहाँ प्रचलित कानूनका प्रावधानहरूलाई हेर्ने हो भने सबै नेपालीहरू बराबर छन् । जातिगत विभेद कानूनत: दण्डनीय अपराध मानिन्छ । तर व्यवहारमा अझै ठूलो विभेद छ । त्यो किन छ भने कथित दलितहरू संविधानले आफूलाई दिएको बराबरीको हक अधिकार लडेर लिनसक्ने हैसियतमा पुगेका छैनन् । त्यसैले आजको नेपालको एउटा ठूलो समस्या यस देशका कथित दलित जनतालाई आफ्नो हक अधिकार लडेर लिनसक्ने कसरी बनाउने भन्ने हो ।

 

 

५. कतिपय धनी, शहर बजारमा बस्ने र पढेलेखेका दलितहरू विभेदको शिकार पनि कम हुने गर्दछन् । धनी, शिक्षित र योग्य दलित युवकसँग कथित उच्च जातका युवतीहरूले बिबाह गरेका प्रसस्त उदाहरण पनि देख्न सकिन्छ । यसबाट प्रमाणित हुन्छ जातिगत विभेदको जडमा आर्थिक स्थिति हुने गर्दछ । दलितहरूको आर्थिक र मानसिक हैसियतलाई माथि उठाउन सक्ने हो भने धेरै समस्याहरूको स्वत: समाधान हुनेछ ।

 

 

६. नेपालको भिन्न भिन्न भूभागको समाजको चेतनाको स्तर फरक फरक देखिन्छ । पूर्वी नेपालका कथित उच्च जातका मानिसहरूले छिमेकमा रहेको दलित परिवारसँग गर्ने व्यवहार र सुदूर वा मध्यपश्चिमी पहाडी इलाकामा बस्ने उच्च जातको मानिसले दलितहरूसँग गर्ने व्यवहार फरक हुन्छ । यसले के प्रमाणित गर्दछ भने हामीले परिवर्तनको लहरलाई समान रूपले सबै क्षेत्रीय भूभागमा फैलाउन सकेका छैनौँ ।

 

 

त्यसैले बाबुराम भट्टराईले पेस गरेको सबै नेपालीले कामी थर लेख्ने बकम्फुसे कुरामा नअल्झिएर हाम्रो समाजको कलङ्कका रूपमा रहेको छुवाछुत र जातीय उचनीचको कुसंस्कारको अन्त्य गर्ने हो भने कथित दलित वर्गलाई लक्ष्य बनाएर विशेष आर्थिक, शैक्षिक र रोजगारीमूलक परियोजनाहरू सञ्चालन गर्नु पर्दछ । दलित समुदायमा १२ कक्षासम्म अनिवार्य र निशुल्क शिक्षाको प्रवन्ध गरेर दलित उत्थानको विशेष प्याकेजको सुरुवात गर्न धेरै ढिलो भइसकेको छ । त्यस बाहेक परम्परागत रूपमा नै शिल्पी वर्गबाट आउने दलितहरूलाई विभिन्न प्राविधिक र शिल्पगत शिक्षा र तालिम दिएर राम्रो रोजगारीको लागि सक्षम बनाएर उनीहरूको भौतिक मानसिक जीवनस्तरलाई उठाउन सकिन्छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result