अमेरिका, जुन ३ । ब्राजिलियन फुटबलर नेइमार माथि बलात्कारको आरोप लागेको छ । एक महिलाले आफुमाथि नेइमारले बलात्कार गरेको भन्दै आपत्तिजनक तस्वीरहरू सार्वजनिक गरे पछि नेइमार प्रहरी अनुसन्धानमा तानिएका छन् ।
कोपा अमेरिकाको तयारीमा रहेका नेइमारलाई प्रहरीले घटनाको बारेमा सोधपुछ गरिरहेको स्पेनिस पत्रकिा मार्काले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले नेमारको मोबाइल तथा ल्यापटप साथमा लगेको बताइएको छ।
हालै एक ब्राजिलिएन महिलाले नेमारमाथि पेरिसको एक होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन्।
नेमारले भने सबै आरोप झुठ भएको दावी गर्दे आइतबार इन्स्टाग्राम भिडियोमार्फत महिलाले पठाएका म्यासेज, भिडियो र फोटो सार्वजनिक गरेका थिए। त्यसमा अश्लिल भिडियो तथा नग्न तस्वीरहरू थिए ।
नेइमारले सो भिडियो ती महिलाले आफूलाई फसाउन खोजेको आरोप लगाएका छन । नेइमारले आइतबार सार्वजनिक गरेको भिडियो भने डिलेट गरिसकेका छन्।
प्रहरीका अनुसार महिलाले नेइमार माथि उजुरी गर्दा पेरिसमा बोलाएर बलात्कार गरेको आरोप लगाएकी थिइन । नेइमार र ती महिलाको सामाजिक सञ्जाल इन्स्टाग्राममार्फथ भेट भएको समाचारहरूमा जनाइएको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया लेख्नुहोस्:-