काठमाडौं । विराटनगरको दुई समुदायबीच झडप हुँदा ५ प्रहरी घाइते भएका छन् । उनीहरुबीच राम नवमीको अवसरमा निकालिएको र्यालीलाई लिएर तनाव भएको हो।
झडपमा ५ जना प्रहरी घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाट्ठी चार्ज गरेको छ। प्रहरीका अनुसार हवाई फायर र अश्रुग्याससमेत प्रहार गरिएको छ। अवस्था अहिले पनि तनावपूर्ण छ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए। स्थानीय प्रशासनले संयमता अपनाउन सबैमा आग्रह गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-