अमेरिका, २ जुन। जर्ज फ्लोइडको हत्या पछि अमेरिकाका अधिकांश शहरहरु अशान्त बन्दै गएपछि ठुला शहरहरुमा कर्फु आदेश जारी भएका छन्।
क्यालिफोर्नियाका लस एन्जलस काउन्टी, सान्ता मोनिका, बेभरली हिल्स, सान फ्रान्सिस्को र ओकल्यान्डमा कर्फु आदेश जारी भएको छ। लस एन्जलस काउन्टीमा आज तेश्रो दिन समेत साँझ ६ बजे देखि भोलि बिहान ६ बजेसम्मको लागि कर्फु आदेश जारी भएको छ।
त्यसैगरी अमेरिकाको राजधानी वाशिंगटन डिसि, जर्जियाको एट्लान्टा,न्यू योर्कको न्यूयोर्क शहर तथा ओहायोको क्लीभल्याण्डमा समेत आज साँझको लागि कर्फु आदेश जारीभैसकेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-