अमेरीका, ३ जुन। जर्ज फ्लोडको घाँटीमा घुँडा राख्ने पूर्व मिनियापोलिस पुलिस अधिकारी डेरेक चौविनलाई दोस्रो डिग्री हत्याको आरोप लगाइएको छ। उनको हत्याको क्रममा साथमा रहेका अन्य तीन प्रहरीलाई हत्यामा सहयोग पुर्याएको अभियोग लगाइएको छ । दोस्रो डिग्री हत्याको आरोप प्रमाणित भएमा ४० बर्षको जेल सजाय भोग्नु पर्दछ।
फ्लोडको हत्या भएको एक हप्ता पश्चात सो केसमा संलग्न सबै प्रहरीलाई अभियोग लगाईएको छ। हत्या पश्चात अमेरिकाका बिभिन्न शहरमा शान्तिपूर्ण प्रदर्शन भएका छन्। केहि शहरमा लुटेराहरुले तोडफोड गर्नुका अलावा लुटपाट समेत गरेका छन्।






प्रतिक्रिया लेख्नुहोस्:-