जाङ्बु शेर्पा, दूरबिन नेपाल, जुन ४
हलिउड तथा बलिउडकी अभिनेतृ पियंका चोपडाले आफु भारतको प्रधामन्त्री बन्न चाहेको बताएकी छिन । पूर्व विश्व सुन्दरी समेत रहेकी चोपडाले “ द सण्डे टाईम्स” संगको कुराकानीमा आफु भारतीय प्रधानमन्त्रीको दौडमा समेल हुन चाहेको बताएकी हुन । तर उनले कुन दलबाट भारतीय राजनीतिमा प्रवेश गर्ने भन्नेबारे भने खुलाएकी छैनन । कुराकानीकै क्रममा चोपडाले पति निक जोन्सपनि अमेरिकी राष्ट्रपति बनुन भन्ने चाहना व्यक्त गरिन । उनले पति निकमा महान नेता बन्ने गुण रहेको दावी समेत गरेकी छिन । हाल संयुक्त राष्ट्रसंघ अन्तर्गत युनिसेफको सद्भावना दूत रहेकी प्रियंका द्वन्द्व प्रभावित अफ्रिकी मुलुकहरुको भ्रमण सकेर अमेरिका फर्केकी छिन । अभिनेतृ चोपडाको विवाह हलिउड गायक निक जोन्ससंग गत डिसेम्बरमा भएको थियो । विहेपछि दुवैजना चर्चाको शिखरमा छन । प्रियंकाको अभिनय र जोन्स ब्रदर्सको प्रस्तुति रहेको “द सिंगल सकर” हाल हलिउडको संगीत ट्रेण्डिङमा रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-