काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले सरकार भ्याट छुटमा उल्टो बाटो हिँडेको आरोप लगाएका छन् । उनले बुधबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१र०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो धारणा राखेका हुन् ।
अग्रिम आयकरको बाटोबाट करका दरको समस्या समाधान नहुने उनको भनाइ थियो ।
उनले विद्युतीय सवारी साधनमा इन्ट्रीदेखि माथि लक्जरी सवारी साधनमा समेत एउटै दरको कर बनाउनु राम्रो नभएको भन्दै यसको अध्ययन गरेर परिवर्तन गरिएको अध्ययन सदनलाई जानकारी गराउन माग गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-