काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित एमाले अध्यक्ष ओलीको टिप्पणीप्रति पार्टीले गम्भीर रुपमा आपत्ति जनाएको बताएका छन् । ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।उपप्रधानमन्त्री लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्नेकुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरुले सम्मानबाहेक अरु केही गर्न नसक्ने जिकिर पनि गरे। कोसँग माया गर्ने, कोसँग विवााह गर्ने ? भन्नेकुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरुले केही पनि गर्न नसक्ने उनको तर्क थियो।
प्रतिक्रिया लेख्नुहोस्:-