काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले नै आफ्ना पार्टीका नेता कार्यकर्तामाथि घेराबन्दी गर्ने कोशिस गरिरहेको आरोप लगाएका छन् । बताएका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अदालत र संवैधानिक निकायलाई तर्साउने, फकाउने र लोभ्याउने परिपाटी पनि देखिएको बताए ।
‘अदालतलाई प्रभावित गर्ने, अड्डालाई प्रभावित गर्ने, संवैधानिक निकायलाई प्रभावित गर्ने, ती सबैलाई तर्साउने, फकाउने लोभ्याउने जुन परिपाटी हामी पछिल्लो समय देख्दै गइरहेका छौं । कांग्रेसका साथीहरुलाई एक पछि अर्को, कुनै न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौं’, उनले भने, ‘निर्दोष साथीहरुलाई कहीँ कतै अप्ठेरो पार्ने कोशिस हुन्छ भने त्यो बेला सिंगो पार्टी एक ठाउँमा आएर पार्टीले बोल्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौं ।’
प्रतिक्रिया लेख्नुहोस्:-