काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको अस्थित्व नै समाप्त हुने अवस्था आएकाले नै संसद विघटन गरेको जिकिर गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार एमाले काठमाडौं जिल्लाको सातौँ अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्रकै केही व्यक्तिले एमालेलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको जिकिर गरे ।
आफू नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाइएको उनको जिकिर छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरिए पनि कार्यकर्तापंक्तिले पार्टीलाई बचाएको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-