Monday, July 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सानफ्रान्सिस्कोमा एनआरएन विज्ञ भेलाको तयारी पुरा

जेष्ठ २८, २०७५ १:०३ मा प्रकाशित
सानफ्रान्सिस्कोमा एनआरएन विज्ञ भेलाको तयारी पुरा
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता, अमेरिका, १० जुन/ आगामी जुन १६ र १७ तारिख सानफ्रानसिन्सकोमा हुने एनआरएन एनसीसीको विज्ञ भेलामा ३० जना विज्ञहरूले आफ्नो प्रस्तुति दिने भएका छन् । नेपाल सरकारका मन्त्री, एनआरएन आइसीसीका पदाधिकारी र विज्ञहरू समेत गरी २ संय भन्दा बढीको सहभागिता हुने भएको छ । कार्यक्रमका लागि होटेल, कार्यक्रम हल र खानपिनको प्रबन्ध गरिसकिएको जानकारी दिइयो । अहिलेसम्म सहभागिहुन चाहनेले १ सय ५० रुम बुक गरिसकेको आयोजक समितिका सदस्य तुलसि चौलगाइले बताए ।

विज्ञहरूले आफ्नो ज्ञान र अनुसन्धानलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भनेर सोधपत्र प्रस्तुत गर्नेछन् । १६ तारिख विज्ञहरूको प्रस्तुति रहने छ भने जुन १७ मा एनआरएन अमेरिकाको साधारण सभा हुनेछ ।

भेला र साधारणसभा तयारीका सम्बन्धमा नेपाली कम्यूनिटि सेन्टर र एनआरएन क्यालिफोर्निया च्याप्टरले आज सेन्टरको भवन निमार्ण क्षेत्रमा भेलाको आयोजना गरेर भइरहेका काम र गर्नु पर्ने कामका बारेमा जानकारी गराएको छ । भेलामा सेन्टरका संयोजक उत्तम कार्कीले भेला तथा कार्यक्रम नेपाल र नेपालीका हितका लागि कोसेढुंगा साबित हुने बताए । उनले सामुदायिक भवन निर्माणमा समुदायको सहभागिता बढाउन पनि यो कार्यक्रम सहयोगी साबित हुने विश्वास व्यक्त गरे ।

विज्ञ भेलाका संयोजक रुद्र अर्यालका अनुसार अमेरिकाको विभिन्न विश्वविद्यालयमा काम गरिरहनु भएका प्राध्यापकहरू, उद्योग क्षेत्रमा काम र अनुसन्धान गरिरहनु भएका साइनटिष्टहरु र विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहनु भएका विज्ञहरूले सोधपत्र विज्ञ समितिमा पठाइसक्नु भएको छ । नेपालबाट बाहिर आएर उच्च शिक्षा हासिल गरी आफ्नो विज्ञता विश्व समुदायमा वाडीरहनु भएकाहरुको उत्साहाप्रद सहभागितालाई एकाकार गरी नेपालको हितमा कसरी काम गर्न सकिन्छ भन्ने नै यस भेलाको उद्येश्य हो ।

नेपालको विकासका लागि यी अध्ययनहरू कसरी उपयोगी बनाउने र नेपालको पोलेसी लेवललाई सहयोग गर्ने भन्ने नै हो । कृषि, स्वास्थ्य शिक्षा, वातावरण, आर्थिक विकास, सामाजिक सशक्तिकरण लगायतका विषयमा सोध पत्रहरू प्रस्तुत गरिने छ । अहिलेसम्म ३९ वटा सोध पत्र प्राप्त भएका छन् । जसमध्ये नेपालको सन्धर्भमा जोड्न नसकिने नौ वटा सोध पत्रलाई समावेश गरिने छैन । ३० जना विज्ञका सोधपत्र प्रस्तुत गरिनेछ ।
नेपालको कृषि प्रणाली, शिक्षा क्षेत्रमा कसरी सुधार गर्ने ? अमेरिकी औद्योगिक क्षेत्रको विकासबाट के सिक्ने र नेपालको औद्योगिक क्षेत्रको विकासका लागि कस्तो शिक्षा दिनु आवश्यक छ भन्ने विज्ञहरूले प्रस्तुत गर्ने छन् । नेपालको विज्ञान र प्रविधिको क्षेत्रलाई म्यानुअलवाट कसरी टेक्निकल बनाउने, विकासका लागि सोसल इम्पावरमेन्ट कसरी गर्ने भन्ने प्रस्तुति पनि रहने छ । सोलार पावर, सार्वजनिक स्वास्थ्य , साईवर सेकुरिटीका विषयमा पनि सोधपत्रहरु आएका छन् । एम्बुलेन्सको विषयमा काम गरिरहनु भएका स्टानफोर्डंका प्राध्यापक डाक्टरको पनि प्रस्तुति रहने छ । उहाँहरूसँग सुविधासम्पन्न एम्वेलेन्स नै नेपाललाई प्रदान गर्ने योजना समेत रहेको जानकारी गराइयो ।
विभिन्न क्षेत्रको प्यानल गठन गरिएको छ । विज्ञ भेला आयोजकले प्राज्ञहरूसँग आफ्नो प्रस्तुतिको नेपालमा सापेक्ष उपादेयता प्रष्ट गर्न भनेका छन् । सोधपत्र प्रस्तुत गर्ने मात्र होइन नेपालबाट आएका मन्त्री र विज्ञ प्रतिनिधिहरूको उपस्थितिमा त्यसैका आधारमा नेपालसँगको सान्दर्भिकता र फाइदाको स्वेत पत्र जुन १६ तारिख नै जारी गरिने छ । योसँगै विज्ञहरूको सिप र ज्ञानलाई नेपालमा के कति लागु गर्न सकिन्छ भनेर प्रारम्भिक खाका र बहस हुने छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result