काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आइतबारनेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रर्दशनीको आज अवलोकनपछि यस्तो बताएका हुन् ।
‘हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, संगीतको हिसाबले पुरानो इतिहास भएको देश हो । यी सबै कुरा हाम्रा सम्पदा हुन्’, उनले भने, ‘कला र संस्कृतिको जति सुरक्षा र सम्मान गर्न सक्दछौँ । त्यति शिक्षा पनि लिन सक्दछौँ ।’ अध्यक्ष ओलीले देशको इतिहास र सभ्यता संस्कृति जान्न जरुरी रहेको उल्लेख गर्दै कलाको सिर्जना र प्रदर्शनीले अरुलाई पनि इतिहास बुझ्न सजिलो हुने बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-