अमेरिका । भारतद्वारा कब्जा गरिएको नेपाली भूमि समेटिएको नयाॅ नक्शालागि शनिवार प्रतिनिधिसभाबाट संविधानको दोस्रो संशोधनविधेयक सर्वसम्मतिले पारित भएकाे छ।
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ७ जेठमा नक्सा जारी गरेको थियो । सरकारले नयाॅ नक्शा जारी गरे पछिनिशानछाप परिवर्तनका लागि संविधान संसोधन प्रस्ताव ल्याएको थियो । प्रतिनिधिसभा बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा मत दिए । विपक्षमा कुनै पनि मत खसेन ।
नयाॅ नक्शाको शुरूदेखि नै विरोधमा रहेकी र प्रस्तावको खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराउने समाजवादी पार्टीकी सांसद सरितागिरीले बैठक बहिश्कार गरेकी थिईन । उनको प्रस्ताव सभामुखले खारेज गरिदिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-