काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले अहिले अनावश्यक बखेडा खोजेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले नेकपा एमालेलाई देशका लागि काम गर्न नदिन कांग्रेसले आक्रमण गरिरहेको बताए ।
अहिले गिरीबन्धु टि(स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको ओलीले जिकिर गरे । वैचारिक संघर्ष गर्न नसक्नेहरूले एमालेमाथि प्रहार गरिरहेको उनको टिप्पणी छ ।
अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको तर फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको प्रष्ट्याए ।
प्रतिक्रिया लेख्नुहोस्:-