काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टि गुटबन्दीले गर्दा कमजोर भएको बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले गुटबन्दीले पार्टी थिलथिलो बनेको बताए । गुटबन्दीकै कारण योग्य र इमान्दार मानिसहरू पछाडि पर्दै गएको भन्दै उनले निष्क्रिय भएर बसेका नेताहरूलाई समेत सक्रिय हुन आग्रह गरेका हुन् ।
“यतिबेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता छ,” उनले भने । नेता कोइरालाले कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेकाले विभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरूलाई कांग्रेसमा फर्कन आग्रह गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-