फिफा विश्वकप २०१८ को दोश्रो दिन आत्मघाती गोलका कारण नतिजा विपक्षी टोलीलाई पुग्न गएको छ। आज भएको समूह बि अन्तर्गतको इरान र मोरक्को बीचको पहिलो खेलमा १-० गोलले इरान बिजयी भएको छ। इन्ज्यूरी समयका रुपमा थपिएको ६ मिनेटको फाइदा इरानलाई भयो। ९४ औं मिनेटमा मोरक्कोका २० नम्वरको जर्सी लगाएर खेल्ने अजिज बौहदौजको आत्मघाती गोल नै इरानलाई जिताउन काफी भयो। निर्धारित ९० मिनेट भित्र दुबै पक्षले निकै डिफेन्सिभ खेले र कुनै गोल गर्न सकेका थिएनन्। मोरक्कोका अजिजको लागि आजको खेलमा गरेको आत्मघाती गोलले संधै पिडा दिइरहने छ। इरानको तर्फबाट प्रहार भएको बललाई हेड मार्फत क्लियर गर्ने प्रयास गरेका अजिजले हेडिंग गरेको बलले आफ्नै गोलपोष्टको दिशा लेला भन्ने कहिल्यै सोचेका थिएनन् होला। तर मोरक्कोको दुर्भाग्य र इरानको भाग्य, नतिजा इरानको पक्षमा गैसकेको थियो।
सन् २००६ को विश्ककपमा जर्मनी बिरुद्दको खेलमा पोर्चुगलका खेलाडी पेटिटले आत्मघाती गोल गरेयता गएको दुई विश्वकपमा कुनै आत्मघाती गोल भएका थिएनन् ।
तस्वीर: फिफा
प्रतिक्रिया लेख्नुहोस्:-