बिश्वकप फुटबल उपाधिको दावेदार मानिएको अर्जेन्टिना आइसल्याण्डसंग बराबरीमा रोकिएको छ । समूह ‘डी’ अन्तर्गत भएको खेलमा दुवै टिम बाट १-१ गोल भएको थियो । खेलको १९ औ मिनेटमा सर्गियोले गोल गर्दै अर्जेन्टिनालाइ अग्रता दिलाएका थिए तर सो अग्रता ४ मिनेट भन्दाबढी रहन सकेन । आइसल्याण्डका फिनबोगासनले २३ औ मिनेटमा गोल गर्दै खेललाई बराबर गरेका थिए । अर्जेन्टिनाले पाएको पेनाल्टीलाइ आइसल्याण्डका गोलाकिपरले रोक्दै खेल बराबर गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
करिब ३ लाख जनसङ्ख्या रहेको आइसल्याण्ड पछिल्लो समय उदियमान देशको रूपमा देखा परेको छ । सन् २०१६ मा भएको युरो कपको ग्रुप १६को खेलमा इंग्ल्यान्डलाइ २-१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गर्दै चर्चित भएको थियो। आइसल्याण्ड क्रोयसिया, युक्रेन, टर्की, फिनल्याण्ड र कोसोभो जस्ता टिम भएको ग्रुपमा २२ अङ्क सहित पहिलो हुँदै विश्व कपको लागि छनौट भएको थियो ।
फोटो श्रोत: फिफा वेबसाइट
प्रतिक्रिया लेख्नुहोस्:-