Monday, July 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मूलतः २८ दिनमा कसैलाई पनि महिनावारी चक्र हुँदैन भने किन ढाँटिएको ?

असार २, २०७७ ४:५६ मा प्रकाशित
आमा बाबूले सन्तानका लागि के गर्ने ?
Share on FacebookShare on Twitter

तारा भट्टराई

दूरबिन नेपाल, न्युयोर्क
न्यूयोर्कको क्वीन्समा लकडाउनका बेलामा एउटा अफिसमा नयाँ जब फेला पारेर तालिम लिन आईपुगेकी जेनिफर ४८, को ध्यान तालिममा पटक्कै छैन । उनी छिनछिनमै वाथरुम जान खोज्छिन र वाक्क वाक्क गरेर फर्कन्छिन र आईफोनमा पछिल्लो पटकको महिनावारी भएको नोट चेक गर्न थाल्छिन । “मैले आजको तालिममा ध्यान दिन नसकेकोमा मलाई माफ गर्न सक्छेउ ? मेरो महिनावारी कहिल्यै समयमा हुँदैन । म त हजुरआमा बन्ने बेलामा गर्भवती भएँकि क्या हो ? म भरे साँझ जँचाएर पोजेटिभ आए कुनै गर्भपतन गराउने पिल्स खाएर आउँछु नी भोली ” उनले भनिन् । जेनिफर दुई छोरीकी आमा हुन् र उनीहरुले कलेज पनि सकेर आफ्नै संसारमा छन् । तर जेनिफर मेनोपोज हुने बेलामा पनि २८ दिनको साईकल गनेर बस्दा बस्दै गर्भवती भएको चिन्तामा छिन् । “मलाई महिनावारी हुन शुरू भएको बेला (menarche) देखि अहिले महिनावारी रोकिने बेलासम्म (menopause) पनि २८ दिनमा कहिल्यै भएन । हरेक महिना २८ दिन कटेपछिका दिन तनाब मै बित्छन्” उनी भन्छिन् । उनको मात्रै नभएर उनका दिदी बहिनी र छोरीहरुको समेत कसैको पनि ठ्याक्कै २८ दिनमा महिनावारी नभएको उनी बताउँछिन । उनले पाठ्यपुस्तकमा पढे अनुसार २८ दिन पुग्नु अगावै देखि महिनावारीका लागी प्याड, पेनकिलर, मल्टि भिटामिन र ईनर्जि ड्रिंक ब्यागमा बोकेर तैयारी अवस्थामा काममा जाने गरेपनि १० देखि १५ दिन पछि मात्रै भैदिने गरेका कारण यो अबधी संधै तनाबमा बित्ने गरेको उनी बताउँछिन । “महिनावारी भैसकेपछिका २२ दिन चाहि आनन्ददायक हुन्छन् । अरुदिन हाई अलर्टमा नै बित्छन्” जेनिफर भन्छिन् । जेनिफर एउटी प्रतिनिधि पात्र मात्रै हुन् । महिनावारी शारीरिक जैविक प्रक्रिया हो र संसारमा महिला भएर जन्मने सबैले यसबाट गुज्रनुपर्छ । अमेरिकामा महिनावारीको बिषयमा छुन हुने र नहुने जस्ता अनेक अन्धविश्वासहरु नभएपनि महिनावारीको चक्र प्रत्येक २८ दिनमा हुनपर्छ भन्ने मान्यताले भने हरेक महिलाहरु तनाबमा देखिन्छन । कामकाजी महिलाहरु दिउसो काम गर्दा गर्दै झट्ट दिमागमा आफ्नो पीरियड साइकल सम्झन्छन् र जब नियमित रुपमा भइरहेको मासिक श्राव रोकिएको जस्तो लाग्छ अनि कतै गर्भ त रहेन ? भनेर panic भएर फार्मेसीमा प्रेगनेंसी टेष्ट गर्ने किट किन्न पुग्छन् । कतिपय भने कुनै नराम्रो रोग पो लाग्यो कि भनेर एकाएक तनावपूर्ण स्थितिमा पुग्छन् । सँगै काम गर्ने साथीहरु हुन् वा अरु कुनै पेशा ब्यवसायमा लागेका महिलाहरु हुन्, २८ दिन नाघ्नासाथ टेष्ट नै नगरिकन अन्धाधुन्ध गर्भपतन गर्ने चक्कीहरु किनेर खाएको पनि मैले देखेकि छु ।

 

संसारका धेरै देशहरु मिलेर बनेको एउटा नयाँ देश हो न्यूयोर्क । संसारभरबाट आएका महिलाहरुले महिनावारीको साइकलको बिषयमा पढेको जानेको र बुझेको पनि २८ दिन (चारहप्ता) कै चक्र रहेछ । अलिकति ढिला हुनासाथ गर्भवती भइयो कि भनेर डराउने सबैको स्वभाव एउटै छ । कति दिनपछि गर्भ रहन्छ ? गर्भवती महिनावरीको कति दिनपछि वा अघि प्रेगनेन्सी टेस्ट गर्ने ? भन्ने कुराहरु यहाँका महिलाहरुलाई पनि थाहा छैन । महिनावारी समयमा नभएर गड़बड़ हुनु वा रोक्किनु महिलाहरूको लागि तनाव र चिन्ताको कारण बन्ने गर्दाे रहेछ । रोक्किदा पनि बुढी भए भन्ने चिन्ता र गडबड हुँदा पनि गर्भवती भएँ वा कुनै रोग लाग्यो कि भन्ने चीन्ताले सताउँदो रहेछ । NPJ digital medicine ले गत २०१९ अगष्ट महिनामा प्रकाशित गरेको तथ्यांक अनुसार जम्मा १३ प्रतिशत महिलाहरु मात्रै भाग्यमानि रहेछन् जस्को ठ्याक्कै २८ दिन मै महिनावारी हुँदोरहेछ । भने १९ प्रतिशतको ३१ देखि ३५ दिनमा महिनावारी हुन्छ । ९ प्रतिशत महिलाहरुको २५ दिनमा हुन्छ भने ७ प्रतिशत महिलाहरुको ३६ देखि ५० दिनको साईकल ( चक्र ) हुन्छ र ६५ प्रतिशत महिलाको २५ देखि ३० दिनको चक्र हुन्छ । यसरी ठ्याक्कै २८ दिनमा महिनावारि नहुनेहरुले भने हरेक महिना नाघेपछि हरेक पटक वाथरुम गएर पेन्टि चेक गर्नु पर्ने हुन्छ भने ड्रयरमा फेर्ने पेन्टिहरु पर्याप्त छन् कि छैनन भनेर चेक पनि गरिरहनु पर्छ । जुन महिलाहरुका लागी ज्यादै दिक्कलाग्दो कुरा पनि हो । सायद पुरुषहरुले हाँसो मजाक गरेर उडाउदा हुन् । हुनपनि कहिलेकाही टाउको दुख्दा समेत झर्र्कोफर्काे गर्ने पुरुषहरुलाई हर्माेन गड़बड़ी हुँदाको तनाब र महिनै पिच्छेको दुखाई उनीहरुलाई के थाहा ? महसुस गर्न पनि सक्दैनन ।

 

हुन त बिज्ञहरु हरेक महिलाको पाठेघरले हरेक महिनावारी पिच्छे आफ्नै किसिमको adventure तय गर्ने गरेको बताउँछन् । जस्लाई दिमागबाट जारी हुने हर्माेनहरुले प्रभाव पार्ने र उमेर, तनाव, शारीरिक तौल, निन्द्रा आदिले हर्मोनल इम्ब्यालेसन्स हुने र महिनावारीमा गडबड हुने बताउँछन् । गाईनोकोलोजिष्टहरुले साधारणतया २१ देखि ३५ दिनसम्ममा ६० देखि ९० मि ली रगत बगेर भएको महिनावारी साधारण मान्ने गरेपनि समग्रमा यसको अवधि २८ दिन नै मान्छन् । हरेक महिनामा वा चार हप्तामा नहुने महिनावारीलाई किन महिनावारी (monthly period) नाम दिएको र किन पाठ्यपुस्तकमा लेखिएको भनेर महिलाहरुले प्रश्न गर्ने गरेका छन् । बिज्ञहरुले ठ्याक्कै भनेको उमेरमा न त सुरुको महिनावारी (menarche) हुन्छ न त अन्तिम वा बन्द हुनेवेलाको महिनावारी (menopause) नै मिल्छ । “यदि २८ दिनमा महिनावारि चक्र नहुने हो भने किन ढाँटिएको ? ” जेनिफर भन्छिन् ।

लेखक न्युयोर्कमा स्वास्थ्यकर्मी हुन

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result