Thursday, August 11, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मूलतः २८ दिनमा कसैलाई पनि महिनावारी चक्र हुँदैन भने किन ढाँटिएको ?

असार २, २०७७ ४:५६ मा प्रकाशित
आमा बाबूले सन्तानका लागि के गर्ने ?
Share on FacebookShare on Twitter

तारा भट्टराई

दूरबिन नेपाल, न्युयोर्क
न्यूयोर्कको क्वीन्समा लकडाउनका बेलामा एउटा अफिसमा नयाँ जब फेला पारेर तालिम लिन आईपुगेकी जेनिफर ४८, को ध्यान तालिममा पटक्कै छैन । उनी छिनछिनमै वाथरुम जान खोज्छिन र वाक्क वाक्क गरेर फर्कन्छिन र आईफोनमा पछिल्लो पटकको महिनावारी भएको नोट चेक गर्न थाल्छिन । “मैले आजको तालिममा ध्यान दिन नसकेकोमा मलाई माफ गर्न सक्छेउ ? मेरो महिनावारी कहिल्यै समयमा हुँदैन । म त हजुरआमा बन्ने बेलामा गर्भवती भएँकि क्या हो ? म भरे साँझ जँचाएर पोजेटिभ आए कुनै गर्भपतन गराउने पिल्स खाएर आउँछु नी भोली ” उनले भनिन् । जेनिफर दुई छोरीकी आमा हुन् र उनीहरुले कलेज पनि सकेर आफ्नै संसारमा छन् । तर जेनिफर मेनोपोज हुने बेलामा पनि २८ दिनको साईकल गनेर बस्दा बस्दै गर्भवती भएको चिन्तामा छिन् । “मलाई महिनावारी हुन शुरू भएको बेला (menarche) देखि अहिले महिनावारी रोकिने बेलासम्म (menopause) पनि २८ दिनमा कहिल्यै भएन । हरेक महिना २८ दिन कटेपछिका दिन तनाब मै बित्छन्” उनी भन्छिन् । उनको मात्रै नभएर उनका दिदी बहिनी र छोरीहरुको समेत कसैको पनि ठ्याक्कै २८ दिनमा महिनावारी नभएको उनी बताउँछिन । उनले पाठ्यपुस्तकमा पढे अनुसार २८ दिन पुग्नु अगावै देखि महिनावारीका लागी प्याड, पेनकिलर, मल्टि भिटामिन र ईनर्जि ड्रिंक ब्यागमा बोकेर तैयारी अवस्थामा काममा जाने गरेपनि १० देखि १५ दिन पछि मात्रै भैदिने गरेका कारण यो अबधी संधै तनाबमा बित्ने गरेको उनी बताउँछिन । “महिनावारी भैसकेपछिका २२ दिन चाहि आनन्ददायक हुन्छन् । अरुदिन हाई अलर्टमा नै बित्छन्” जेनिफर भन्छिन् । जेनिफर एउटी प्रतिनिधि पात्र मात्रै हुन् । महिनावारी शारीरिक जैविक प्रक्रिया हो र संसारमा महिला भएर जन्मने सबैले यसबाट गुज्रनुपर्छ । अमेरिकामा महिनावारीको बिषयमा छुन हुने र नहुने जस्ता अनेक अन्धविश्वासहरु नभएपनि महिनावारीको चक्र प्रत्येक २८ दिनमा हुनपर्छ भन्ने मान्यताले भने हरेक महिलाहरु तनाबमा देखिन्छन । कामकाजी महिलाहरु दिउसो काम गर्दा गर्दै झट्ट दिमागमा आफ्नो पीरियड साइकल सम्झन्छन् र जब नियमित रुपमा भइरहेको मासिक श्राव रोकिएको जस्तो लाग्छ अनि कतै गर्भ त रहेन ? भनेर panic भएर फार्मेसीमा प्रेगनेंसी टेष्ट गर्ने किट किन्न पुग्छन् । कतिपय भने कुनै नराम्रो रोग पो लाग्यो कि भनेर एकाएक तनावपूर्ण स्थितिमा पुग्छन् । सँगै काम गर्ने साथीहरु हुन् वा अरु कुनै पेशा ब्यवसायमा लागेका महिलाहरु हुन्, २८ दिन नाघ्नासाथ टेष्ट नै नगरिकन अन्धाधुन्ध गर्भपतन गर्ने चक्कीहरु किनेर खाएको पनि मैले देखेकि छु ।

 

संसारका धेरै देशहरु मिलेर बनेको एउटा नयाँ देश हो न्यूयोर्क । संसारभरबाट आएका महिलाहरुले महिनावारीको साइकलको बिषयमा पढेको जानेको र बुझेको पनि २८ दिन (चारहप्ता) कै चक्र रहेछ । अलिकति ढिला हुनासाथ गर्भवती भइयो कि भनेर डराउने सबैको स्वभाव एउटै छ । कति दिनपछि गर्भ रहन्छ ? गर्भवती महिनावरीको कति दिनपछि वा अघि प्रेगनेन्सी टेस्ट गर्ने ? भन्ने कुराहरु यहाँका महिलाहरुलाई पनि थाहा छैन । महिनावारी समयमा नभएर गड़बड़ हुनु वा रोक्किनु महिलाहरूको लागि तनाव र चिन्ताको कारण बन्ने गर्दाे रहेछ । रोक्किदा पनि बुढी भए भन्ने चिन्ता र गडबड हुँदा पनि गर्भवती भएँ वा कुनै रोग लाग्यो कि भन्ने चीन्ताले सताउँदो रहेछ । NPJ digital medicine ले गत २०१९ अगष्ट महिनामा प्रकाशित गरेको तथ्यांक अनुसार जम्मा १३ प्रतिशत महिलाहरु मात्रै भाग्यमानि रहेछन् जस्को ठ्याक्कै २८ दिन मै महिनावारी हुँदोरहेछ । भने १९ प्रतिशतको ३१ देखि ३५ दिनमा महिनावारी हुन्छ । ९ प्रतिशत महिलाहरुको २५ दिनमा हुन्छ भने ७ प्रतिशत महिलाहरुको ३६ देखि ५० दिनको साईकल ( चक्र ) हुन्छ र ६५ प्रतिशत महिलाको २५ देखि ३० दिनको चक्र हुन्छ । यसरी ठ्याक्कै २८ दिनमा महिनावारि नहुनेहरुले भने हरेक महिना नाघेपछि हरेक पटक वाथरुम गएर पेन्टि चेक गर्नु पर्ने हुन्छ भने ड्रयरमा फेर्ने पेन्टिहरु पर्याप्त छन् कि छैनन भनेर चेक पनि गरिरहनु पर्छ । जुन महिलाहरुका लागी ज्यादै दिक्कलाग्दो कुरा पनि हो । सायद पुरुषहरुले हाँसो मजाक गरेर उडाउदा हुन् । हुनपनि कहिलेकाही टाउको दुख्दा समेत झर्र्कोफर्काे गर्ने पुरुषहरुलाई हर्माेन गड़बड़ी हुँदाको तनाब र महिनै पिच्छेको दुखाई उनीहरुलाई के थाहा ? महसुस गर्न पनि सक्दैनन ।

 

हुन त बिज्ञहरु हरेक महिलाको पाठेघरले हरेक महिनावारी पिच्छे आफ्नै किसिमको adventure तय गर्ने गरेको बताउँछन् । जस्लाई दिमागबाट जारी हुने हर्माेनहरुले प्रभाव पार्ने र उमेर, तनाव, शारीरिक तौल, निन्द्रा आदिले हर्मोनल इम्ब्यालेसन्स हुने र महिनावारीमा गडबड हुने बताउँछन् । गाईनोकोलोजिष्टहरुले साधारणतया २१ देखि ३५ दिनसम्ममा ६० देखि ९० मि ली रगत बगेर भएको महिनावारी साधारण मान्ने गरेपनि समग्रमा यसको अवधि २८ दिन नै मान्छन् । हरेक महिनामा वा चार हप्तामा नहुने महिनावारीलाई किन महिनावारी (monthly period) नाम दिएको र किन पाठ्यपुस्तकमा लेखिएको भनेर महिलाहरुले प्रश्न गर्ने गरेका छन् । बिज्ञहरुले ठ्याक्कै भनेको उमेरमा न त सुरुको महिनावारी (menarche) हुन्छ न त अन्तिम वा बन्द हुनेवेलाको महिनावारी (menopause) नै मिल्छ । “यदि २८ दिनमा महिनावारि चक्र नहुने हो भने किन ढाँटिएको ? ” जेनिफर भन्छिन् ।

लेखक न्युयोर्कमा स्वास्थ्यकर्मी हुन

सम्बन्धित समाचार

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
Breaking News

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै
Breaking News

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

घट्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा १०५ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु
स्वास्थ्य / शिक्षा

८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गरेको अध्यक्ष ओलीको आरोप
Breaking News

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गरेको अध्यक्ष ओलीको आरोप

स्थानीय निर्वाचन रोक्ने निवेदन अदालतद्वारा अस्वीकार
मुख्य समाचार

सर्बोच्च अन्तरिम आदेश : नर्भिक अस्पतालको संरचना तत्काल नभत्काउनू

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
Breaking News

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

घट्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा १०५ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.