काठमाडौं। सत्ता साझेदार दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण परिवर्तन नहुने बताएका छन् ।
उनले सोमबार प्रेस चौतारी नेपाल धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा यस्तो बताएका हुन् ।
महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरण दिने धारणा व्यक्त गरे । उनले भने, “वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौँ अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौँ ।”
प्रतिक्रिया लेख्नुहोस्:-