अमेरिका १८ जुन
नेपाली चिकित्सा क्षेत्रमा ख्याति कमाएका न्यरो सर्जन डाक्टर उपेन्द्र देबकोटको निधन भएको छ । बाँसबारी स्थित न्यूरो अस्पतालमा नेपाली समय अनुसार सोमवार साँझ ५ बजेर ३५ मिनेट जाँदा उहाँको निधन भएको हो । डाक्टर देवकोटाको निधन भएको अस्पतालले पुष्टि गरेको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डाक्टर देवकोटाको उपचार हुन नसक्ने अवस्थामा मात्र रोग पत्ता लागेको थियो । नेपाली चिकित्सा क्षेत्रमा जटिल मानिने नशा सम्बन्धी रोगको उपाचारमा प्रविधि, दक्षता र सिप भित्र्याएर देवकोटाले धेरैलाई पुनर जीवन दिएका थिए । अन्तिम श्रद्धाञ्जलीका लागि देवकोटाको पार्थिब शरीरलाई मङ्गलवार दिउसो १ बजे सम्म बासवारि स्थित न्यूरो अस्पतालमा राखिने छ ।







प्रतिक्रिया लेख्नुहोस्:-