Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आप्रवासन सम्वन्धी अमेरिकी नीतिप्रति वर्तमान र पूर्व प्रथम महिलाबाट चिन्ता व्यक्त

असार ४, २०७५ ४:४४ मा प्रकाशित
आप्रवासन सम्वन्धी अमेरिकी नीतिप्रति वर्तमान र पूर्व प्रथम महिलाबाट चिन्ता व्यक्त
Share on FacebookShare on Twitter

राज्य संचालनका विषयमा प्राय बिरलै मात्र आउने अमेरिकी प्रथम महिलाहरुको सार्वजनिक प्रतिक्रियाले अहिले अमेरिकी राजनीति र संचार माध्यममा एउटा तरंग ल्याइदिएको छ। 

राष्ट्रपति ट्रम्पको कडा आप्रवासन नीतिको कार्यान्वयनका सन्दर्भमा गत केही साता अघि अमेरिकी एटर्नी जनरल जेफ शेसनले गरेको घोषणा अनुरुप केही साता भित्रै दुईहजार बढी गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने आमा-बाबुहरुलाई उनीहरुका छोराछोरीहरुबाट अलग गराएर कैयन गोदामघर र खाली रहेका सपिंग मल ललगाएतका स्थानमा थुनिएको समाचारहरुमा जनाइएको छ। 

सयुक्त राज्य अमेरिकाको यो पछिल्लो कदमको संसारभरबाट निन्दा भैरहेका बेला अमेरिकी भूतपूर्व प्रथम महिला लौरा बुशलेले समेत अमेरिकी सरकारको निन्दा गरेकी छिन्। मेक्सिकोसँगको सीमाबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेहरूको परिवारलाई टुक्र्याउने बिवादास्पद नीतिको बिरोधमा वाशिंगटन पोस्टमा लेख्दै श्रीमती बुशले भनेकीछिन्-“बाबुआमाबाट तिनका छोराछोरीलाई अलग तुल्याउने कार्य निर्दयी, अनैतिक र हृदयविदारक खालको छ।”

राष्ट्रपति निर्वाचित भएदेखि नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आप्रवसीहरुप्रति अति असहिष्णुण देखिंदै आएका थिए। बेला-बेला आप्रवासीहरुप्रति ट्रम्पले प्रयोग गरेका शब्द तथा भाषालाई लिएर अमेरिकी सांसद र नेताहरुका कडा टिप्पणी आउने गरेका थियो। तर अहिले आएर परिवार बिखण्डन गराउने, छोराछोरीलाई आमाबाबुबाट छु्ट्याउने अमेरिकी नीतिलाई लिएर अमेरिका भित्र पनि ठूलै बिवाद निम्त्याएको छ। बीबीसीमा जनाइए अनुसार राष्ट्रपति ट्रम्पकै श्रीमती वर्तमान प्रथम महिला मेलानिया ट्रम्पले पनि सरकारको नीतिका सम्बन्धमा चिन्ता व्यक्त गरेकी छिन्।

श्रीमती ट्रम्पले भनेकी छिन्-“हामी कानुन पालना गर्ने मुलुकका रुपमा अघि बढ्नु पर्छ तर सँगसँगै हामी दिलबाट शासन गर्ने देश पनि बन्नु पर्दछ।” श्रीमती ट्रम्पले बालबालिकालाई तिनको परिवारबाट अलग्याउने कार्यको पक्षमा आफूलाई उभ्याउन नचाहेको उनकी प्रवक्ताको भनाई आएको छ। तर यसका अतिरिक्त आप्रवासन समस्या समाधानका लागि संसदका दुवै पक्ष बसेर आप्रवास सम्बन्धी सुधारहरू बारे काम गर्न राष्ट्रपति ट्रम्पले गरेको आह्वानलाई भने  दोहोर्‍याएकी छिन्।

तर राष्ट्रपति ट्रम्प भने आप्रावासन कानूनको लथालिंग स्थिति हुनुमा डेमोक्रेटहरुलाई दोष लगाएर आफ्नो कडा नीतिलाई जारी राख्ने मनस्थितिमा अडिग रहेको उनका आजका ट्वीटहरुले प्रष्ट्याएका छन्। राष्ट्रपतिले कानून सुधारका पक्षमा किन नलागेको भनेर डेमोक्रेटहरुलाई प्रश्न समेत गरेका छन्। बालबालिकाहरुलाई प्रयोग गरेर अपराधीहरु दक्षिणी सीमाबाट अमेरिका छिर्न खोजिरहेको भन्दै संसारमै सबभन्दा खराब र कमजोर आप्रवासन कानून अमेरिकामा रहेकोले एमएस-१३ जस्ता अापराधिक समूहहरुले गतिबिधी गर्न पाइरहेकोमा राष्ट्रपति ट्रम्पले चिन्ता प्रकट गरेका छन्। 

तस्वीर: रोयटर्स/ गेटी इमेज

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result