वलिउड सुपरस्टार सलमान खान जेलजानवाट जोगिएका छन । यस्तो मुद्दा लगाइएको १३ वर्षपछि सलमानले ठूलो राहत पाएका हुन् ।
फिल्म ‘हम साथ साथ है’ को सुटिङका दौरान सलमानमाथि हरिण शिकारको ३ र हतियारको सम्बन्धमा मुद्धा दायर भएको थियो । सोमवार सिजेएम जोधपुर जिल्ला अदालतले सलमानलाई सफाइ दिएको छ ।
कोर्टले सरकारले धारा ३४० मा टेकेर दायर गरेको मुद्दालाई लामो सुनुवाइपछि सोमबार खारेज गरेको हो।
यसअघि कोर्टमा सलमानमाथि हिरण शिकार मामिलाको सुनाई दौरान हतियारको लाइसेन्स हराएको विषयमा एक शपथ पत्र पेश गरिएको थियो।
२००६ मा राजकीय अभिवक्ताको तर्फबाट कोर्टमा धारा ३४० को प्रार्थना पत्र पेश गरेर सलमानमाथि कोर्टलाई अँध्यारोमा राखेको आरोपसहितको मुद्दा लगाइएको थियो।
सलमानले सफाई नपाएको भए धारा ३४० अनुसार उनलाई ७ वर्षसम्मको जेल सजाय हुनसक्थ्यो ।






प्रतिक्रिया लेख्नुहोस्:-