दूरबिन नेपाल, न्युयोर्क
नेपाल जाने उडान तालिकामा केही परिवर्तन भएको अमेरिकास्थित नेपाली दुतावासले जनाएको छ । बुधबार सूचना जारी गदै दुतावासले पहिले तोकिएको समय तालिकामा केही परिवर्तन गरिएको जनाएको छ । नयाँ तालिका अनुसार न्युयोर्कको जोन अफ केनेडी(जेएफके) एअरपोर्टबाट टर्किस एअरलाइन्सले जुन २३ को २२ः३०को समयमा उडान भर्नेछ । त्यसैगरी जुन २४ मा सिकागोको ओआरडी अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एअरलाइन्सले १८ः५० मा उडान भर्नेछ । यसअघि सिकागोबाट टर्किस एअरवेजको उडान जुन २५ मा उडान भर्ने तालिका आएको थियो । सो तालिका परिवर्तन भइ अघिल्लो दिन अर्थात जुन २४मा सरेको दुतावासले जनाएको छ । त्यसैगरि वसिङ्टन डिसीको डुलेस इन्टरनेशनल एअरपोर्ट (आइएडी) बाट कतार एअरवेजले जुन २४ को १० बजेको समयमा उडान भर्ने जनाइएको छ । यसअघि यो समय अघिल्लो दिन अर्थात जुन २३ तारिख बताइएको थियो । त्यसैगरि जुन २५ मा टेक्ससस्थित डालासको डालास फोर्थ वोर्थ इन्टरनेशनल विमानस्थलबाट कतार एअरवेजले १८ः१० को समयमा उडान भर्ने नर्याँ सूचनामा जनाइएको छ । टेक्ससको डिएफडब्लु विमानस्थालको उडान तालिकामा भने परिवर्तन भएको छैन । टिकट बुकिङका लागि सम्बन्धित यात्रुले एअरलाईन्सले तोकेका एजेन्टहरुसंग सम्पर्क गर्न भनिएको छ । सम्पर्क व्यक्तिहरुको नाम, फोन नम्बर र इमेल सूचनामा उल्लेख गरिएको छ । नेपाल जान चाहने र अत्यावस्यक कामको लागि नेपाल जान पाउ भन्दै दुतावासमा अनलाइन मार्फत फारम भर्नेहरुले तत्कालै सम्बन्धित एअरलाइन्सका ऐजेन्टहरुसंग सम्पर्क गरि टिकट बुकिङ गर्न सूचनामा अनुरोध गरिएको छ । दूतावासले नेपाल जान पाउँ भनी अनलाइन फारम भरेकाहरुको सूची एअरलाइन्सलाई पठाइसकिएकोपनि दुतावासले जनाएको छ । टिकट बुकिङकाबेला यदि कसैको नाम नभएको भन्ने समस्या आएमा दुतावासमा सम्पर्क गर्नपनि भनिएको छ । एअरलाइन्सका लागि सम्पर्क व्यक्तिहरुको नाम फोन नम्बर र इमेल सूचनामा उल्लेख गरिएको छ । यसअघिको सूचनामा कतार एअरलाइन्सका लागि सम्पर्क व्यक्तिको विवरण पछि उपलव्ध गराइने जनाइएको थियो ।
वसिङटन डिसीस्थित नेपाली दुतावासले जारी गरेको सूचना अनुसार यात्राका लागि नेपाली राहदानी वा नेपाल सरकारले जारी गरेको ट्राभल डकुमेन्ट अर्थात यात्रा अनुमतिपत्र हुनुपनर्नेछ । त्यसैगरी यात्रुको पीसीआर र आरडीटी टेष्ट नेगेटिभ भएको हुनुपर्नेछ वा स्वास्थ्यकर्मीले प्रमाणित गरेको कोभिड १९ नभएको प्रमाणपत्र हुनुपर्नेछ । नेपाल पुगिसकेपछि नेपाल सरकारले तोकेको क्वारेन्टाइनमा बस्नुुपर्नेछ । हवाइ भाडा कतार एअरवेजको १६ सय अमेरिकी डलर र टर्किस एअरवेजको १५ सय ३७ तोकिएको छ । भाडा दर निकै महंगो भएको गुनासो पनि आइरहेको छ । विभिन्न कामकालागि अमेरिका आएका तर कोरोनाको प्रभावका कारण अमेरिकामै रोकिएकाहरु र अत्यावस्यक कामका लागि नेपाल जानुपर्नेहरुले अनलाइन मार्फत दुतावासमा फारम भरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-