काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलिदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन रोक्ने बताएका छन् ।
मेयर शाहले आदिपुरुष नामक हिन्दी चलचित्रमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन ३ दिन समय दिँदा पनि नहटाएको भन्दै उक्त संवाद नहटाएसम्म सोमबारदेखि भारतीय चलचित्र चल्न नदिने बताएका हुन् ।
उनले आइतबार अपरान्ह फेसबुकमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-