काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा अनलाइनविरुद्ध अवहेलना मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको छ। न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले यस्तो आदेश दिएको हो ।
समितिले त्यस मुद्दामा कति न्यायाधीशको बृहत् पूर्ण इजलास तोक्ने भनेर निर्णय गर्नेछ। आदेशमा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विषय जोडिएको मुद्दा ७ सदस्यीय इजलासबाट यसअघि टुंगो लागेको उल्लेख गर्दै बढी न्यायाधीश सम्मिलित इजलासबाट विवाद समाधान गर्नुपर्ने भनिएको छ।
पाँच वा सोभन्दा बढी न्यायाधीश सम्मिलित इजलास बृहत् पूर्ण इजलास हो।
प्रतिक्रिया लेख्नुहोस्:-