काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भौतिक मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्ने जिकिर गरेका छन् ।
उनले बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग बजेटको मूल मान्यतामा नै त्रुटि भएकोले पुनर्लेखन गर्न माग गरेका हुन् । ।
उनले भने, ‘सत्तापक्षको स्थिति जुन देखिएको छ, यसले वास्तवमा सम्माननीय प्रधानमन्त्रीजीले सम्बन्धित मन्त्रीजीहरुलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ ।’
उनले मन्त्रीजीहरुले आफ्नो आफ्नो भौतिक मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-