दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्कको एलम्हष्र्ट अस्पतालमा निधन भएका झोक बहादुर गुरुङको अन्यष्टि सम्पन्न भएको छ । कोलन क्यान्सरका विरामी गुरुङको मे २१ तारिखका दिन निधन भएको थियो । मृतक गुरुङको अन्त्यष्टि जुन १७ तारिख विहान साढे ८ बजे बौद्ध धार्मिक परम्परा अनुसार न्यु जर्सीको बन्सन एण्ड गुथलेन फ्युनरल होम( रुवी मेमोरियल) मा सम्पन्न भएको ज्ञ्यासुम्दा सेवा समाज अमेरिकाले जनाएको छ । गुरुङको अन्त्यष्टि सम्पन्न भएपछि सोही ज्ञ्यासुम्दा सेवा समाजको कार्यालय न्युयोर्कमा बत्ती बाली श्रद्धान्जली कार्यक्रम गरिएको थियो ।
श्रद्धान्जली कार्यक्रममा स्वर्गीय गुरुङका रुममेट महेश थापा तथा अर्का साथी विक्रम खत्रीले आफुले असल मित्र गुमाएकोमा दुख व्यक्त गरेका थिए । गुरुङ सोसाइटी अमेरिकाका अध्यक्ष विजय गुरुङले असहज अवस्थाका विचपनि श्रद्धान्जली कार्यक्रममा उपश्थित हुने सबैलाई धन्यबाद दिदै परेको बेला सहयोग गर्नु संस्थाको कर्तव्य भइको बताएका थिए । सो बेला धार्मिक पूजाको साथै प्रवचन पनि दिइएको थियो । बुद्ध धर्म एक धर्ममात्र नभएर वैज्ञानिक तरिकाबाट जिवन जिउन सिकाउने र सतमार्गमा हिडाउने दर्शन भएको धार्मिक गूरुले बताएका थिए । २०१७ साल जेष्ठ २१ मा जन्मेका गुरुङको नेपालमा घर सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका, फिप्नाका अध्यक्ष लोक चेम्जोङ, जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, एनआरएनए, न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, युनाइटेड किरात राई अर्गनाइजेशन, न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, सिन्धु युएसका अध्यक्ष क्षिरीङ शेर्पा लामा, ज्ञ्यासुम्दा सेवा समाजका अध्यक्ष निमा लामा लगायतको उपश्थिती रहेको थियो । कार्यक्रम हल ज्ञ्यासुम्दा सेवा समाजले उपलव्ध गराएको थियो । कार्यक्रमको सञ्चालन तथा समन्वय प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-