काठमाडौं । सोमबार भएको निर्वाचनमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । उनले निवर्तमान अध्यक्ष समेत रहेका कर्माछिरिङ शेर्पालाई पराजित गर्दै विजयी भएका हुन् ।
आज भएको निर्वाचनमा नेम्वाङले ४५ मत प्राप्त गरे भने शेर्पाले ३९ मत ल्याए । अध्यक्षमा निर्वाचित नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ सदस्य गरी २१ सदस्यीय कार्यसमितिको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका थिए । अध्यक्षमा फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीवराज पौडेलले पनि उम्मेदवारी दिएका थिए । तर उनले मत नै पाएनन् ।
पंकजविक्रम पूर्वमन्त्री नरेन्द्रविक्रम नेम्बाङका छोरासमेत हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-