Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोभिड(१९) महामारीका विच अमेरिकामा फादर्स डे

असार ७, २०७७ ३:०२ मा प्रकाशित
कोभिड(१९) महामारीका विच अमेरिकामा फादर्स डे
Share on FacebookShare on Twitter

तारा भट्टराई

दूरबिन नेपाल
न्यूयोर्कको ब्रुकलिनमा बस्ने क्लारा, बर्ष ६० ले गत मार्च महिनादेखि क्वारान्टाईनमा बस्दै आएका आफ्ना ८७ बर्षीय बाबुलाई भनेर तीन दर्जन ट्वाइलेट पेपर रोल, हेण्ड सेनिटाईजर, ग्लोब्स, मास्क, भिटामिन सी लगायतका सामान किनेर र्याप गरेर ठिक्क पारिसकेकी छिन् । ग्रेटिंस कार्डमा “ D .A . D, I washed my hand before writing this card. Did you? ” भनेर लेखेर खाममा हालेर भोलीको लागी ठिक्क पारेकि छिन् । D .A . D छुट्टा छुट्टै लेख्नुको कारण चाहि social distancing ( सामाजिक दुरी) र I washed my hand before writing this card भन्नुको कारण बाबुलाई हरेक पटक हात धुन सम्झना होस भनेर मेसेज लेख्नलाई creative way छानेको बताउँछिन । यो सामानसँगै केहि खानेकुरा पकाएर भोली बिहानै मेरो बुवा बस्ने अपार्टमेंटको ढोका बाहिर लगेर छोडिदिने र त्यतैबाट काममा आउने योजना रहेको उनी बताउँछिन । “जिवनमा पहिलोपटक म फादर्स डेका दिन फेसटाइमबाट बाबुसँग कुरा गर्दै छु । यस्तो दिनको मैले कल्पना समेत गरेकि थिईन् र ट्वाईलेटपेपर गिफ्ट किनेको पनि पहिलोपटक हो” क्लारा भन्छिन् । उनी भोली फादर्स डेका दिन दिवंगत भईसकेका ससुरा र काकाहरुको क्रिमेसन सेन्टरमा गएर फुल गुच्छा चढाएर प्रार्थना गरी सम्झने योजना रहेको पनि बताउँछिन । अरुवेला फादर्स डे का दिन छुट्टी लिएर बाहिर घुमघाम गर्न जाने, पारिवारिक जममघट गर्ने भएपनि यसपटक कोरोना भाईरसको महामारीका कारण फेसटाईम गरेर नै मनाउने योजना रहेको बताउँछिन । “पहिला मेरो बुवा सुरक्षित हुनुपर्याे । उहाँ रहेमा फादर्स डे त अर्काे बर्ष पनि मनाउन सकिन्छ” क्लारा भन्छिन् ।

मारिया, बर्ष ५० , पेशाले नर्स हुन । उनले मार्च महिनाको पहिलो हप्ता देखि नै आफ्नै माथिल्लो तल्लामा बस्ने बाबु आमालाई भेटघाट गरेकी छैनन् । हप्तामा एकपटक मोबाईलमा आएको मेसेज अनुसार सुपर मार्केटमा गएर चाहिने जति सबै सामान किनेर ल्याएर सेनिटाईज गरि ढोका बाहिर राखिदिन्छिन र आफ्नै अपार्टमेन्ट तिर लाग्छिन । “मैले अस्पतालमा एकै रातमा धेरै मानिसहरु कोरोना भाईरसले मरेको देखेकि छु । म कुनै हालतमा पनि मेरो बुवा आमालाई गुमाउन चाहन्न । मैले बाबु आमालाई माया गर्ने हो भने सोसल डिस्टेन्स कायम गर्न अत्यन्तै जरुरी छ” उनी भन्छिन् । उनी अस्पतालमा काम गर्ने क्रममा संक्रमितहरुसँग सँसर्गमा रहेकीले यसपटकको फादर्स डे फेसटाइम गरेर मनाउने योजना रहेको बताउँछिन ।

 

अमेरिकामा जुन महिनाको तेस्रो आईतबार फादर्स डे मनाउने चलन छ । यसपटक लकडाउनका बीचमा पनि अमेरिकनहरु जुन २१ का दिन बाबुको मुख हेर्ने दिन (फार्दस डे ) मनाउने तरखर गरिरहेका हुन्छन् । नेपालमा जस्तै फादर्स डेका दिन आ–आफ्ना फादर्स,स्टेप फादर्सहरु, फादर इन ल, ग्रान्ड फादर्स, ग्रेट ग्राण्ड फादर्स र काकाहरुलाई पनि संझने, उपहार तथा शुभकामना दिने, खानको लागि रेष्टुरेण्टमा लैजाने, घरमा खान बोलाउने, घरमा सकिएका र मन पर्ने सामानहरु किनिदिने गर्दछन । दिवंगत भैसकेका फादर्सहरुको संझनामा पनि प्रार्थना गर्ने र उनीहरुको जीवनकालमा पुरा गर्न नसकेका केहि ईच्छाहरु भए पुरा गरिदिने वा दिवंगतको नाममा गच्छे अनुसारको पैसा वा सामान डोनेसन गर्ने पनि गर्छन ।

 

पश्चिमी समाज, त्यसमा पनि अमेरिकामा मानिस मानिस विचको दूरी टाढा पार्नु ठूलो चुनौतीको बिषय हो । यस्मा पनि आफ्नो बुढेसकालका बाबु आमासँग ढुक्कसँग गला मिलाएर भावना साटासाट गर्न नपाउदा धेरैलाई नमज्जा लागेको छ । त्यति मात्र नभएर बाहिर कामकाजीहरुले उनीहरुको ब्यक्तिगत सरसफाई, खानपिनमा रेखदेख गर्न नपाउँदा भने ज्यादै पीडा भएको बताउँछन् । दुर्भाग्य, यसपटक थुप्रै अमेरिकनहरुले गएको तीन महिनामा आफ्नो जिवनको सबैभन्दा प्यारो बाबू गुमाईसकेका छन् भने धेरै बाबुहरु अस्पतालको भेन्टिलेटरमा अन्तिम श्वास फेरिरहेका छन् त कति अन्तिम दाहसँस्कारको पर्खाईमा छन् । कोरोना भाईरसका कारण आफ्ना बाबु आमा गुमाउँदा अन्तिम समयमा अस्पतालमा भेट्न र दाहसँस्कार गर्न पनि पाईनन् । जुन अत्यन्तै पीड़ादायक क्षण पनि हो । अर्काेतिर कोरोना भाईरसबाट संक्रमितहरु पनि पुरुषहरुको संख्या बढी रहेको छ भने म्रत्यु हुनेहरुमा पनि दोब्बर संख्यामा पुरुषहरु रहेका कारण पनि काम गरिरहेका छोराछोरीहरु फादर्स डेका दिन बाबुलाई भेट्न नगईकन कुनै न कुनै क्रिएटिभ तरिका अपनाएर बाबुलाई खुशी बनाउने तरखरमा छन् ।


स्टेफेन, बर्ष ६७ ले एकमहिना अगाढि आफ्ना ९५ बर्षीय बाबू कोरोना भाईरसका कारण गुमाए । उनी अन्तिम बेलामा अस्पताल पुगेरै पनि बाबुको छेउमा पुगेर comfort र सपोर्ट दिन नपाएको पीडाले भक्कानिन्छन् । “अस्पताल भर्ना भएको दिन देखि मेरो बुवाले मलाई कतिपटक छेउमा आईज भनेर बोलाए, मैले हात समाउला र सजिलो गरिदिन्छ भनेर कत्रो आशा गर्नु भएको थियो । तर म भाईरसको डरले जानै सकिन । मलाई जिवनभर पश्चात लागिरहनेछ” उनी भन्छन ।

-लेखक न्युयोर्कमा स्वास्थ्यकर्मी हुनुहुन्छः

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result