काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले धेरै नै खटेर जनताको काममा लागिरहेको बताएका छन् । उनले शुक्रबार बुद्धिजीवी संगठनको राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दै जीवनको उत्तरार्द्धमा पुग्दासमेत आफू पार्टी, आन्दोलन र देशको आवश्यकता अनुसार सक्रिय रहेको बताए ।
‘जीवनको उत्तरार्द्धतिर लागेको छु । जनयुद्धमा भन्दा बढी अहिले खटेको छु । त्यतिबेला जीवन सरल थियो । भन्न त मान्छेले कहिले यता कहिले उता भन्छन् । तर मैले पार्टी, आन्दोलन र देशको आवश्यकता अनुसार सक्रिय भूमिका निर्वाह गरेको छु’, उनले भने, ‘सदनमा भएका र बाहिर भएका दलहरूलाई पनि संयोजन गर्ने काम गरिराखेको छु । अझ कांग्रेस, एमालेभित्रको समस्या पनि मैले नै समाधान गर्नु परेको जसरी मैले नै काम गरिराख्नु परिराखेकै छ । जीवनको अन्तिमसम्म पनि सक्रिय रहने प्रण गरेको छु ।’
प्रतिक्रिया लेख्नुहोस्:-