काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्ने बताएका छन् ।
उनले आज राजधानीमा पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा यस्तो खुलासा गरेका हुन् ।
‘मैले आफ्नो ठाउँबाट फेरि समाजवादी क्रान्तिको निम्ति, नयाँ संश्लेषण र विचारको निम्ति महाधिवेशनतिर जान्छौँ,’ प्रचण्डले भने, ‘अबको केन्द्रीय समितिको बैठकले महाधिवेशनको दिन तोक्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-