काठमाडौं । प प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब प्रतिपक्षको भूमिका थप सशक्त हुने बताएका छन् । उनले आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकास्थित महेशपुरमा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलका पिता पृथ्वीराज कंडेलको नामाङ्करण रहेको बसपार्कको उद्घाटन समारोहमा बोल्दै यस्तो बताएका हुन् ।
अहिले नेपाली कांग्रेस प्रतिपक्षमा रहेपनि कांग्रेसकै आलोचना भैरहेको बताउँदै उनले संसदमा कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नोसमेत आलोचना गरिहेकाले जनताका समस्यालाई संसदमा प्रभावकारी ढंगले प्रस्तुत हुने जनाए । ‘अहिले कांग्रेसको मात्रै होइन मेरोसमेत आलोचना भएको छ तर पनि प्रतिपक्षको भूमिका सक्दो रुपमा निर्वाह गरेकै छ, गर्छ पनि’ देउवाले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-