जारी विश्वकप २०१८ को दशौं दिन आज भएको समूह ‘जि’ र ‘एफ’ का खेलहरुमा क्रमश बेल्जियम र मेक्सिको बिजयी भएका छन्। समूह जि अन्तर्गत बेल्जियमले ट्यूनिस्यालाई ५-२ गोलले हारायो भने समूह एफको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २-१ गोलले पराजित गर्यो। यूरोपियन फुटबलमा शक्तिशाली देखिन थालेको बेल्जियमले अफ्रिकी मुलुक ट्यूनिसियालाई ५-२ के फराकिलो अन्तरले हराउँदै नर-आउट चरणमा आफ्नो स्थान पक्का गरेको छ। आजको खेलमा २ गोल परेपछि यो विश्वकपमा धेरै गोल गर्ने खेलाडीको सूचीमा क्रिष्टियानो रोनाल्डो कै बराबरी गरेका छन्। रोनाल्डो र रोमेलु लुकाकु दुबैले चार-चार गोल गरेका छन् र गोल्डेन बुटको संभावित दाबेदारहरुमा अग्रपंक्तिमा छन्।


यसैगरी आजै मेक्सिको र दक्षिण कोरियाबीच भएको खेलमा मेक्सिको २-१ गोलले बिजयी भयो। समूह चरणको पहिलो खेलमा डिफेन्डिंग च्याम्पियन जर्मनीलाई हराएको मेक्सिकोले एशियन फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेको दक्षिण कोरियालाई पराजित गर्न निकै मिहेनत गरेको थियो। पहिलो हाफको २७ औं मिनेटमा मेक्सिकन खेलाडी कार्लोस भेलाले (जर्सी-११) पेनाल्टी किक मार्फत गोल गरेर मेक्सिकोलाई अग्रता दिलाएका थिए। डिबक्समा दक्षिण कोरियाली खेलाडीले ‘ह्याण्ड’ गरेपछि मेक्सिकोले पेनाल्टी किकको अवसर पाएको थियो। दोश्रो हाफमा मेक्सिकन फर्वार्ड जेभियर हर्नान्डेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। म्यान अफ द म्याच हर्नान्डेजको गोल मेक्सिकोका लागि उनले गरेको ५० औं अन्तराष्ट्रिय गोलका रुपमा रेकर्ड भएको छ।




तस्वीर: फिफा








प्रतिक्रिया लेख्नुहोस्:-