Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कको राजनीतिमा उदाउँदै युवतीहरु

असार ११, २०७७ ३:१६ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

समाचार टिप्पणी

न्युयोर्कमा जुन २३ मा सम्पन्न ७३ औं एसेम्ब्ली अर्थात डिष्ट्रिक इलेक्सन(जिल्ला निर्वाचन) को डेमोक्रयाटीक प्राइमरीमा दुई युवतीहरुले जितेपछि न्युयोर्कको राजनीतिले केही कोल्टे फेर्न थालेको विष्लेशण गर्न थालिएको छ । क्वीन्स अन्तर्गतको एसेम्ब्ली डिष्ट्रिक ३४ मा धेरैले सोचे भन्दा फरक नतिजा आएको छ । विशेषगरी नेपाली अमेरिकन माझपनि कम चिनिएकी जेसिका गोञ्जालेज रहासले न्युयोर्कका भेट्रान स्थानीय राजनीतिज्ञ माइकल डेनेकरलाई पराजित गरेकी छिन । जेसिकाले भेट्रान डेनडेकर लाई भण्डै दुई गुण बढि मतले पराजित गरिन । जेसीका जी. रहास ले ४१ दशमलव ३ प्रतिशत मत प्राप्त गरेकी थिइन । जेसिका न्युयोर्कको प्रतिष्ठित विश्वविद्यालय सीटी युनिभर्सीटी अफ न्युयोर्कमा प्राध्यापन गर्छिन । न्युयोर्कको एसेम्ब्ली डिष्ट्रिक ३४ अन्तर्गत ज्याक्सन हाइट्स, इष्ट एलम्हस्र्ट र वुडसाइट र कोरोनाका केही भाग पर्छन, जहां नेपालीहरुको बसोबासपनि अत्यधिक रहेको छ ।

को हुन त जेसिकासंग पराजित माइकल डेनडेकर ?

माइकल यस्ता राजनीतिज्ञ हुन जो सन २००८ देखि लगातार छैठौ पटक सम्म न्युयोर्क स्टेट एसेम्ब्लीमा निर्वाचित हुंदै आएका थिए । सन २०१२ मा त उनी निर्विरोध निर्वाचित भएका थिए । सो बेला उनी विरुद्ध आफनै पार्टीं डेमोक्रेटीकले मात्र होइन प्रतिष्पर्धी दल रिपव्लीकनलेपनि उमेदवार पाएको थिएन । सो बेला उनी प्राइमरी र आम निर्वाचन दुवैमा निर्विरोध निर्वाचित बनेका थिए । तर सन २०१८ मा ९९ दशमलव २ प्र्रतिशतका साथ छैठौ पटक एसेम्ब्ली मेम्बर जितेका माइकल, २०२० को प्राइमरीमा भने २२ दशमलव ६ प्रतिशत मत ल्याउदै पराजित हुन पुगे ।

डिष्ट्रिक ३८ मा भारतीय मुलकी युवतीको चमत्कार

त्यसैगरि क्वीन्स अन्तर्गतको एसेम्ब्ली डिष्ट्रिक ३८ मा पनि नसोचेको नतिजा आएको छ । भेट्रान राजनीतिज्ञ माइकल जी मिलरलाइ पनि एक युवतीले आन्तरिक निर्वाचनमा पछारेकी छिन । सन २००९ मा गभर्नर प्याटरर्सनले आव्हान गरेको विशेष निर्वाचनमा निर्वाचित भएपछि एसेम्ब्ली डिष्ट्रिक ३८ मा उनको प्रवेश भएको थियो । त्यसपछि लगातार निर्वाचित हुंदै आएका मिलर २०१२ को प्राइमरीमा प्रतिष्पर्धामा निर्वाचित भएपनि आम निर्वाचनमा भने निर्विरोध चुनिएका थिए । सो बेला रिपव्ल्किनले उनी विरुद्ध उमेदवार उठाउने हिम्मत गरेन । सन २०१८ को निर्वाचनमा पनि ९९ दशमलव ६ प्रतिशत मत प्राप्त गर्दै जितेका थिए । तर अहिले भने पासा पल्टिएको छ । मिलर जस्ता भेट्रानले एक भारतीय मुलकी युवती जेनिफर राजकुमारसंग पराजित हुनु परेको छ । जेनिफर राजकुमारले ५२ दशमलव ५ प्रतिशत मत ल्याउंदा मिलरले दुई गुणाभन्दा कम मत अर्थात २५ दशमलव २ प्रतिशत मत प्राप्त गरेका छन । एसेम्ब्ली डिष्ट्रिक ३८ अन्तर्गत उड हेभन, रिचमण्ड हिल, ओजोन पार्क र ग्लेडल क्षेत्र पर्दछन । जेनिफर राजकुमार दोस्रो पुस्ताकी भारतीय मुलकी हुन ।
यी परिणामले न्युयोर्कको राजनीतिमा केही परिवर्तन आउने संकेत गरेको छ । विशेषगरी डेमोक्रयाटीकहरुको बाहुल्यता रहेको न्युयोर्कमा अब युवा उमेदवारलाई रुचाइन थालेको टिप्पणी गर्न थालिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result