काठमाडौं । प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार अहिले सरकारमा भन्दा पार्टीलाई मजबुत बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले सरकारतिर ध्यान नदिई २०८४ को निर्वाचन जित्ने गरी काम गर्न पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमाले, माओवादी, घण्टी, जो(जोले चलाएका छन्, चलाउन दिऔँ, चलाऊन्,’ उनले भने, ‘सरकारतिर हामी हेर्दै नहेरौँ । र यति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बढाऔँ ।’
प्रतिक्रिया लेख्नुहोस्:-