काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीले गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको कागजात मगाउने निर्णय गरेको समिति सभापति सूर्य थापाले जानकारी दिए । समितिको कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सम्दर्भमा सम्बन्धीत निकायबाट कागजात मगाउने निर्णय समितिले गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-