Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फिफा विश्वकप २०१८: डिफेन्डिंग च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरियो

असार १३, २०७५ ४:४२ मा प्रकाशित
फिफा विश्वकप २०१८: डिफेन्डिंग च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरियो
Share on FacebookShare on Twitter

फिफा विश्वकप २०१८ को आज भएको खेलमा दक्षिण कोरियासंग २-० गोलले हारेपछि डिफेन्डिंग च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरिएको छ। सन् २०१४ मा अर्जेन्टिनालाई हराएर विश्वकप बिजेता बनेको जर्मनीले यो पटक पहिलो खेल मै मेक्सिकोसंग हारेर दुखद शुरुवात गरेको थियो। दक्षिण कोरियाले जर्मनीलाई हराएर विश्व फुटबलमा आफ्नो गतिलो उपस्थिति देखाएको छ भने विश्व च्याम्पियन जर्मनीको जारी विश्ककपबाट दुखद बिदाई भएको छ। 

विश्व फुटबल इतिहासमा डिफेन्डिंग च्याम्पियन नै समूह चरणबाट बाहिरिएको आज समेत छ पटक भएको छ। यसअघि ब्राजिल २००२ मा डिफेन्डिंग च्याम्पियनका रुपमा समूह चरणबाटै बाहिरिएको थियो भने फ्रान्स, इटाली र स्पेन पनि डिफेन्डिंग च्याम्पियन कै हैसियतमा समूह चरणबाट बाहिरिएका थिए। जर्मनी थपिए पछि यूरोपका मात्र चार फूटबल महारथी देशहरु विश्वकपको समूह चरणबाटै बाहिरिने लिस्टमा परेका छन्। १९३८ पछि पहिलोपटक जर्मनी पहिलो समूहचरणबाटै बाहिरिएको छ। 

समूह ‘एफ’ कै अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३-० गोलले हराएर समूह बिजेता बन्दै दोश्रो चरण प्रवेश गरेको छ भने आजको म्याच हारे पनि छ अंक सहित समूह उपबिजेता बन्दै मेक्सिको दोश्रो चरण प्रवेश गरेको छ। 

विश्व फुटबल इतिहासमा आजको दिन निकै दुखद घटनाका रुपमा दर्ज भएको छ। स्टेडियममा जर्मनीको जीत हेर्न आएका समर्थकहरु निकै निराश देखिएका थिए भने जर्मन खेलाडीहरु र कोच झनै दुखित देखिएका थिए। आजको खेल जितेर दक्षिण कोरियाले सान्त्वना जीत त निकाल्यो संगसंगै विश्व च्याम्पियन जर्मनीलाई पनि आफूसंगै जारी विश्वकपको समूह चरणबाटै घर फर्कन बाध्य बनाईदियो। फुटबलको नतिजा फ्यानहरुले चाहेजस्तो वा पहिलेको पदवीका भरमा मात्र आउँदैन भन्ने आजको जर्मनी र दक्षिण कोरियाबीच भएको खेलले देखाएको छ। दक्षिण कोरियाले गरेको दुबै गोल ‘स्टपेज टाइम’का रुपमा थपिएको छ मिनेट भित्र गरेको थियो। पहिलो गोल शुरुमा अफसाइड भनिए पनि भिडियो रिभ्यूबाट गोल दिइएको थियो। दोश्रो गोल त खाली पोष्टमा गरेका थिए साउथ कोरियन खेलाडीले। किपर पनि अगाडि बढेको र जर्मन डिफेन्सहरु पनि सबै अगाडि बढेको बेला दोश्रो गोल भएको थियो। दक्षिण कोरियाले दोश्रो गोल गरेको अवस्था हेर्दा जर्मन खेलाडीहरु पुरै हतोत्साही देखिएका थिए।

 

तस्वीर: फिफा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result