काठमाडौं । शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्यायबारे प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल भएको छ । विहीबार दिउँसो उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे छलफल भएको हो ।
शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरु सहभागी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-