सान फ्रान्सिस्को । बे एरियामा इभेन्ट म्यानेजमेण्ट गर्दै आइरहेको प्रोजेक्ट इन्टरटेन्टमेण्टको आयोजनामा यही जुलाई २८ शनिबार चर्चित नेपाली गायिका तथा गीतकार बर्तिका राईको लाइभ म्यूजिकल कन्सर्ट सान फ्रान्सिस्को शहरमा हुने भएको छ। सो सांगीतिक कार्यक्रमको लागि नेपालबाट गायिका राई सान फ्रान्सिस्को आइसकेकी छिन् । आयोजक हरि ओझाका अनुसार कार्यक्रम सिटीको ८५९ ओ’फारेल स्ट्रिट सान फ्रान्सिस्कोमा हुनेछ।
कार्यक्रमको साँझ ७:३० बजे शुरू हुने र कार्यक्रम सबै उमेर समूहका दर्शकका लागि खुला गरिएको आयोजक ओझाले जानकरी दिए ।
उक्त कार्यक्रममा नेपालिज इन बे एरिया, नेपाली थिङ्स, ढाकाटोपी, रॉयल मोरेक, डिजे काले, अनुप गिरी फिल्म्स, अर्जुन केसी फोटोग्राफी, के गरिरा ?, एपीएस लगायतका सह–संयोजक तथा सहयोगी संस्थाहरूको सहयोग रहेको र ओएसनेपाल र दूरबिन नेपाल मिडिया साझेदारको रूपमा रहको आयोजक ओझाले बताए।
‘हामीले वे एरिया र सान फ्रान्सिस्को तथा वरपर बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम एक विशेष सांगीतिक उपहार हुने अपेक्षा गरेका छौ’ आयोजक विवश जिसीले भने । उनका अनुसार टिकट खरिदको लागि तलको ठेगानामा क्लिक गर्ने सकिनेछ ।
https://wl.seetickets.us/event/bartika-eam-rai-live-in-bay-area/646011?afflky=GreatAmericanMusicHall
युवा प्रस्तामा निकै लोकप्रिय रहेकी गायिका राईको प्रस्तुति निकै मनोरन्जनपूर्ण हुने बताइएको छ
प्रतिक्रिया लेख्नुहोस्:-