अमेरिका/ २८ जुन
वोइङ र एयर बस कम्पनीको आपसी टकरावमा अल्झिएको नेपाल वायु सेवा निगमले अन्ततः वोइङलाई प्रतिस्थापन गर्न वाईड बडी एयरवस ३३०–२०० बिहीबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गराएको छ । २ सय ५६ जना यात्रु क्षमताको यो जहाज भित्रिएको एक महिनामा नै अन्तर्राष्ट्रिय उडानका लागि अर्को एयरवस पनि नेपाल भित्रँदै छ ।
दुई सय ९ मिलियन अमेरिकी डलर अर्थात् २१ अर्ब ९० करोड खर्च गरेर निगमले यो जहाज नेपाल भित्र्याएको हो । स्थापना देखि नै वोइङ कम्पनीसँग नजिक रहेर आकाश मार्गलाई फराकिलो गरेको निगमले अव भने एयरवसका लागि सबै संरचना परिवर्तन गर्नु पर्ने छ । जहाज मर्मत संभारका लागि वोइङ कम्पनीले निर्माण गरिदिएको विमानस्थल भित्रको विशाल हेंगर परिवर्तन गर्नु पर्ने हुन्छ । यसका लागि निगमलाई ठुलो आर्थिक व्ययभार पर्नेछ । त्यस्तै वोइङमा काम गरिरहेका पाइलट इन्जिनियरलाई एयरवसका लागि अध्ययन र तालिममा निगमले समय र पैसाको थप व्ययभार बोक्नु पर्ने छ ।
अमेरिकामा निर्मित वोइङलाई एयरवसभन्दा उच्च प्राविधिक साथै यात्रुका लागि सिट आरामदायी रहेको मानिन्छ । वोइङमा भन्दा यरवसमा इन्जिनको आवाज कम र भाइव्रेसन न्यून हुन्छ । यी दुई जहाज कम्पनीको विश्व बजारमा कडा प्रतिस्पर्धा रहेको छ । वोइङ कम्पनीले अमेरिकी आर्मीको कार्गो विमान, सुपर स्वनिक विमान, स्पेस उडान जहाजहरूको निर्माण गरिरहेको छ । साथै अन्तरिक्षमा उडान भर्ने कार्यक्रममा विस्तृत अनुसन्धान र उत्पादनको काम गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-