Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आइफा अवार्ड नेपालमा हुने

असार १३, २०७६ १:३८ मा प्रकाशित
आइफा अवार्ड नेपालमा हुने
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, जुन २७

 इन्टरनेशनल इण्डिया फिल्म अवार्ड (आइफा) नेपालमा हुने भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै पर्यटन प्रबद्र्धनका लागि आइफा अवार्ड नेपालमा गरिन लागेको जनाइएको छ । अवार्ड वितरण कार्यक्रम नेपालमै गरिने नेपाल सरकार मन्त्री परिषदबाटै निर्णय भएको छ । असार तीन गते बसेको नेपाल सरकार मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिका उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जनाएका छन । अवार्ड वितरण कार्यक्रमको नेतृत्व नेपाल पर्यटन बोर्डले लिनेगरी निर्णय भएको उपाध्यायले जानकारी दिएका छन । कार्यक्रमको सहआयोजक काठमाडौ महानगरपालिका रहने छ भने नेपाल उद्योग बाणिज्य महासंघ, सिएनआइको सहयोग र सहकार्य पनि रहने बताइएको छ । अवार्ड कार्यक्रममा ६ सय भन्दा धेरै प्रतिनिधिहरुको उपश्थिती रहनेछ भने ६० भन्दा धेरै भारतीय कलाकारहरु सहभागी रहने मन्त्रालयले जनाएको छ । अवार्ड वितरण कार्यक्रमको समन्वय, व्यवस्थापन तथा सुरक्षाकालागि सरकारले पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा एक कमिटिपनि बनाएको छ । कमिटिमा काठमाडौ महानगरपालिकाका मेयर, पर्यटन, गृह, अर्थ, सञ्चार, परराष्ट्र,भौतिक मन्त्रालयका सचिव, नागरिका उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष, नेपाल भ्रमण बर्ष २०२०का राष्ट्रिय संयोजक सुरज बैद्य, चलचित्र विकास बोर्डका अध्यक्ष, चेम्बर अफ कमर्सका अध्यक्ष, होटल संघ नेपालका अध्यक्ष, पर्यटन बोर्डका सिइओ दिपक राज जोशी लगायतका छन । अवार्ड समारोहलाई नेपाल भ्रमण बर्षसंग जोडेपनि सरकारले विदेशी चलचित्रको प्रवद्र्धनमा लागेको भन्दै सामाजिक सञ्जालमा विरोधपनि भएको छ । यसअघि भक्तपुरमा जी सिने अवार्ड हुने भनिएपनि आयोजना हुन सकेको थिएन ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result