अमेरिका, जुन २८, २०१८
अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ। मेरिल्याण्ड राज्य स्थित एनापोलिसमा रहेको ‘क्यापिटल गजेट न्यूजपेपर’मा आज दिउँसो भएको गोलीकाण्डमा पाँचजनाको मृत्यु भएको छ र कम्तिमा तीनजना घाइते भएको जनाइएको छ। पत्रिकाको समाचार कक्षमा रहेका करीब १७० लाई उद्धार गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन्सं। घटनामा संलग्न भएको आरोपमा एकजना बन्दुकधारीलाई प्रहरीले गिरफ्तार गरेको छ। घटनाको थप अनुसन्धान भैरहेको सिएनएन लगाएतका अमेरिकी संचार माध्यमहरुले जनाएका छन्।
गोलीकाण्डका बारेमा जानकारी पाउने बित्तिकै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र मेरिल्याणडका गभर्नर ल्यारी होगनले घटनाको निन्दा गर्दै गोलीकाण्डमा पाँचजनाको मृत्यु भएको समाचारले आफूहरु निकै दुखि भएको बताएका छन्। गोलीकाण्ड लगत्तै ट्वीट गरेका राष्ट्रपति ट्रम्पले घटनामा ज्यान गुमाएकाहरुको परिवारजनप्रति गहिरो सहानुभूति दर्शाएका छन् र तत्काल उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका छन्।
तस्वीर: रोयटर्स
प्रतिक्रिया लेख्नुहोस्:-