Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नरेन्द्र श्रेष्ठको फोटो सर्वोत्कृष्ट

असार २१, २०७५ ४:०१ मा प्रकाशित
नरेन्द्र श्रेष्ठको फोटो सर्वोत्कृष्ट
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ असार / फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता –२०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् ।

श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यस वर्षको ‘फोटो अफ द इयर’ घोषित भएको हो । उपाधिसहित श्रेष्ठले रु एक लाख प्राप्त गरे ।

यसैगरी दीपेन्द्र रोक्काको फोटोले ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’ विधा जित्यो भने नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो ।

‘आइएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन् भने सोही विधामा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो ।

अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्यूज विधाको उपाधि जित्दा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतमको फोटो तेस्रो भयो । नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले जिते । सोही विधामा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो । कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठ पहिलो, दीनेश श्रेष्ठ दोस्रो र अजय मानन्धर तेस्रो भए ।

त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतीक रायमाझीले जिते भने रवी उपाध्यायको फोटो दोस्रो तथा उज्वलचन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो ।

नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो भने हेमन्त श्रेष्ठकै फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटो तेस्रो भयो । प्रत्येक विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु तीस हजार, बीस हजार र दश हजार प्राप्त गरे ।

विजेतालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, आयोजक संस्थाका अध्यक्ष विकास कार्कीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा मन्त्री बाँस्कोटाले फोटो आफैँमा जीवन भएकाले यसको महत्व दिनदिनै बढिरहेको बताउँदै नेपालमा फोटो पत्रकारिता पछि परेकाले यसको विकास र उन्नयनका लागि आफूले सक्दो पहल गर्ने विचार व्यक्त गर्नुभयो ।

फोटो प्रतियोगिताका निर्णायक मण्डलका एक सदस्य तथा बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले गुणस्तरीय, कलात्मक र राम्रो कम्पोजिसनलगायत फोटोका अन्य पाटोलाई हेरेर उत्कृष्ट फोटो छानिएको बताउनुभयो ।

यसैगरी यस वर्षको ‘फोटो अफ दि इयर’को विजेता श्रेष्ठले आफूले पुरस्कारवापत पाएको रकम कमल सदा र यादव थपलियाको परिवारलाई प्रदान गर्ने घोषणा गर्दै सदाको परिवारलाई रु ७० हजार र थपलियाको परिवारलाई रु ३० हजार दिइने बताउनुभयो ।

गत वर्ष सप्तरीमा गएको बाढीमा ज्यान गुमाउन पुगेका कमल सदाको फोटोले यस वर्षको फोटो अफ दि इयर जित्न सफल भएको थियो ।

त्यस्तै आयोजक क्लबका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगमी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताउनुभयो ।

उत्कृष्ट घोािषत भएका फोटो आगामी साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनीमा राखिनेछ भने काठमाडौँ बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा समेत प्रदर्शनीको आयोजना गरिने फोटो पत्रकार क्लबले जनाएको छ । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result