काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।
उनले आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । उनले वर्तमान सरकार अल्पमतमा परेपनि आफ्नो आयु लम्याउने काम भइरहेको र बालुवाटारबाट नयाँ सरकार बन्न रोकेर मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भइरहेको बताए ।
आफूहरू वर्तमान सरकारलाई बलियो ढंगबाट अघि बढाउन चाहे पनि प्रधानमन्त्री प्रचण्डले अर्को दाउपेचमा सहभागी भएकाले एमाले थप सशंकीत भएको उनले बताए । उनले सरकारभित्र रहँदारहँदै एमालेलाई कमजोर बनाउने कामका कारण एमाले सरकारबाट बाहिरिएको र काँग्रेससँगै सहकार्य भएको जिकिर गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-