काठमाडौं । एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाए पनि कांग्रेसकै सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति नभएको टिप्पणी गरेका छन् ।
नेता पौडेलले सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्ने गरी काम गर्न आग्रह गरे । उनले एमाले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तरार्धमा रहेकाले पनि देश र जनताको लागि काम गर्न आग्रह गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-