मात्र हवाई उड्यनका क्षेत्रमा एक पछि अर्को गर्दै अकल्पनीय विकास भइरहेका छन् । विश्वका ठुला सहरहरूमा अव तीन घण्टामै पुग्न सक्ने यात्रु वाहक हाइपर सोनिक जहाज वोइङ कम्पनीले निर्माण आरम्भ गरेको छ । हाइपर सोनिक जहाजको गति अहिले उडानमा रहेको वोइङ ७७७ भन्दा चार गुणा बढी हुने छ । यसको गति ध्वनि भन्दा पाँच गुणा बढी हुने छ । हाईपर सोनिक जहाजले ३८ सय माइल अर्थात् ६ हजार किलोमिटर प्रति घण्टाको गतिमा उडान भर्ने छ ।
न्यूयोर्कवाट उडेको यो जहाजले लन्डन दुई घण्टामा अवतरण गर्ने छ । त्यस्तै अमेरिकाबाट जापानको यात्रा जम्मा तीन घण्टामा पुरा हुनेछ । हाइपरसोनिक जहाजलाई न्यूयोर्कवाट काठमांडौं पुग्न चार घण्टा भन्दा कम समय लाग्ने छ । यसको उडानको गतिलाई हिसाब गर्ने हो भने नेपालको पूर्व मेचीबाट पश्चिम महाकाली पुग्न जम्मा ८ मिनेट लाग्छ ।
हाइपर सोनिक जहाजका सूत्रधार वोइङ कम्पनीका प्रमुख इन्जिनियर केभिन वौकट भन्छन् मानिस सधैँ छिटो यात्रा गर्न चाहन्छ । सबै चिज छिटो छिटो सम्पन्न गर्न खोज्छ । मानिसको छिटो पुरा गर्ने चाहानालाई प्रविधिसँग जोड्न हामीले यो सम्भावना पहिल्याएका हौँ । जहाज निर्माता कम्पनी वोइङले यसलाई समयको मूल्य बुझ्ने जहाजको संज्ञा दिँदै लगानी डुब्ने चिन्ता नभएको बताएको छ । हाइपर सोनिक जहाज नियमित उडानमा आउन करिब २० वर्ष लाग्ने अनुमान गरिएको छ ।
स्रोत: वोइङ/सिएनविसी







प्रतिक्रिया लेख्नुहोस्:-