Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्क सहरमा कोेभिड–१९ त घट्यो तर अपराध ह्वात्तै बढ्यो

असार २५, २०७७ ४:११ मा प्रकाशित
न्युयोर्क सहरमा कोेभिड–१९ त घट्यो तर अपराध ह्वात्तै बढ्यो

Blue NYPD writing on the side

Share on FacebookShare on Twitter

 

बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसको संक्रमणमा कमी आएसंगै आप्रवासी सहर न्युयोर्कमा अपराधको घटनामा भने निकै बृृद्धि भएको छ । न्युयोर्कमा हरेक दिन गोली चलेका, मानिसहरु लुटिएका तथा छुरा प्रहारका घटनाहरु बढिरहेका छन । यसै बर्षको जुन महिनामा मात्र बन्दुक हिंसा अघिल्लो बर्षको तुलनामा १३० प्रतिशतले बढेको एनवाइपीडी अर्थात न्युयोर्क प्रहरी विभागले जनाएको छ । त्यसैगरी गोली प्रहारबाट मृत्यु हुनेको संख्यामा पनि उत्तिकै बृद्धि भएको छ । गोली प्रहारबाट जुन महिनामा ३९ जनाको ज्यान गएको छ । अघिल्लो बर्ष सोही महिनामा ३० जनाको ज्यान गएको थियो । न्युयोर्क सहरका चारवटै बोरोहरुमा गोली प्रहार लगायतका अपराधका घटना बढेका छन । अघिल्लो बर्ष अर्थात सन २०१९ मा जुन महिनामा ८९ वटा गोली प्रहारका घटना भएका थिए भने यो बर्षको जुन महिनामा मात्र २०५ वटा गोली प्रहारका घटना भएको प्रहरीले जनाएको छ । पछिल्लो बन्दुक हिंसामा भएको बृद्धि १५ बर्षमै सबैभन्दा धेरै रहेको बताइएको छ । बन्दुक हिंसामा २ हजार आरोपीहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

चोरीका घटना ११८ प्रतिशतले बढे
न्युयोर्क सहरमा हत्या अपराधमात्र होइन चोरीका घटनाहरुपनि निकै बढेका छन । जुन महिनामा न्युयोर्क प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एक महिनाको अवधिमा एक हजार सात सय ८३ चोरीका घटना भएका छन । अघिल्लो बर्ष चोरीका घटना ८ सय १७ थिए । जुन यस बर्षभन्दा ११८ प्रतिशतले कमी हो । त्यसैगरि गाडी चोरीका घटनामा पनि ५१ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष न्युयोर्कमा चार सय ६२ गाडी चोरी भएका थिए भने यो बर्षको जुन महिनामा ६ सय ९६गाडी चोरीएका छन ।
तर अघिल्लो बर्षको तुलनामा विभिन्न अपराधमा पक्राउ पर्नेहरुको संख्यामा भने निैकै कमी आएको प्रहरीको रिपोर्टमा उल्लेख छ । प्रहरीका अनुसार अघिल्लो बर्ष भन्दा यसबर्ष ४० हजार कम पक्राउ गरिएको छ । प्रहरीले पक्राउ परिसकेका मानिसहरुलाई कानुनी कारवाही पछि त्यतिकै नछोडी उनीहरुको व्यवस्थापन गरेकोले दोहोर्याएर अपराध गर्नेको संख्या घटेका कारण पक्राउपनि कम भएको प्रहरीको अनुमान छ । अघल्लिो बर्ष बन्दुक हिंशामा एक हजार ६ सय ८३ जना पक्राउ परेका थिए भने यो बर्ष जुन ५ सम्म एक हजार ६ सय ७९ जनालाई पक्राउ गरिएको छ ।

 

जुन महिनामा बलात्कार र घृणाजन्य अपराध घटे तर समग्र हत्याका घटना बढे

प्रहरीका अनुसार न्युयोर्कमा जुन महिनामा बलात्कारका घटना अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतले कमी देखिएको छ । अघिल्लो बर्षको जुन महिनामा मात्रै एक सय ३८ वटा बलात्कारका घटना रिपोर्टमा आएका थिए भने यो बर्ष घटेर एक सय नौ घटना दर्ता भएका छन । प्रहरीका अनुसार कतिपय बलात्कारका घटनाहरु सार्वजनिक नभएका हुन सक्छन । त्यसैगरी घृणाजन्य अपराधमा पनि अघिल्लो बर्षभन्दा ३८ प्रतिशतले कमी देखिएको छ । प्रहरीका अनुसार जुन महिना सम्म अघिल्लो बर्ष घृणा अपराधका दुइ सय १२ घटना भएका थिए भने यो बर्ष एक सय एक सय ३४ घृणा अपराधका घटनाका उजुरी परेका छन । तर पहिलो ६ महिनामा हत्याका घटनामा भने बृद्धि भएका छन । अघिल्लो बर्ष पहिलो ६ महिनामा एक सय ४७ हत्याका घटना भएका थिए भने यो बर्ष एक सय ८१ हत्याका घटना भएका छन। जुन अघिल्लो बर्षको तुलनामा २३ दशमलव एक प्रतिशतले बढि हो ।

 

न्युयोर्क प्रहरी राज्य तथा सिटीसंग असन्तुष्ट

न्युयोर्क सिटीमा प्रहरी र मेयरको विचको विवाद निकै पहिले देखिको हो । यसबेला भने प्रहरी प्रशासन र मेयर कार्यालय विचको बैमनष्यता सतहमै देखिएको छ । पछिल्लो समय मिनेसोटामा अश्वेत नागरिक जर्ज फ्लोइडको हत्यापछि सडकमा विरोध बढन थालेपछि न्युयोर्कका मेयर बिल डे ब्लाजियोले प्रहरीको बजेट कटौतीको घोषणा गरेका थिए । त्यसमा प्रहरी प्रशासनले असन्तुष्टि जनाएको थियो । सिटीबाट न्युयोर्क प्रहरीको बजेट कटौती तथा प्रहरीको अधिकारामथी बन्देज लगाउनु तथा विश्वव्यापी महामारीका विचमा काम गर्नु प्रहरीका लागि निकै चुनौतीपुर्ण रहेको अभिव्यक्ति न्युयोर्क प्रहरीका आयुक्त डर्मोट शियाले दिएका छन । उनले न्युयोर्कमा बढेको बन्दुक हिंसामा निर्दोष मानिसहरु धेरै प्रभावित हुने भएकोले विभिन्न चुनौतीहरुका विचपनि प्रहरीले गम्भिरतापुर्वक लिएको कमीसनर शियाले बताएका छन ।

पछिल्लो ६ महिनामा कोरोना भाइरसका कारण मानिसहरुमा पर्न गएको नकारात्मकता तथा विरत्तताका कारणपनि अपराधका घटनामा बृद्धि भइरहेको अनुमान गरिएको छ । त्यसैगरि अघिल्लो महिना मिनेपोलिसमा जर्ज फ्लोइडको हत्यापछि हिंशा भडकिएपछि अपराधका घटना बढ्दै गएका छन भने प्रहरीको मनोवलपनि गिर्दै गएको अनुमान गरिइएको छ । न्युयोर्कको ब्रुकलिन र ब्रंक्समा बन्दुक हिंशा लगायतका घटनामा बृद्धि हुन थालेपछि सो क्षेत्रका स्थानीय समुदायपनि चिन्तित बनेका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result