काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीले धोका दिएको टिप्पणी गरेका छन् । उनले बुधबार पार्टी संसदीय दलको बैठकमा यस्तो टिप्पणी गरेका हुन् ।
उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै दाहालले एमाले अध्यक्ष ओली कांग्रेससँग मिल्दा माओवादीलाई घाटा भने नभएको बताए । ‘हामीले वामपन्थीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले नै एमालेसँग मिलेका हौं । केपी ओलीलाई नबुझेको थिएन तर मान्छे हो, हन्डर खाएर रुपान्तरित भए कि भन्ने भ्रम पर्यो,’ दाहालले सांसदहरूलाई भनेका थिए, ‘यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन ।’
प्रतिक्रिया लेख्नुहोस्:-